शुक्रबार, चैत्र १६, २०८०

सोलुखुम्बुमा पहिलो पटक गड्यौँलापालन

सोलुखुम्बु, ११ पुस । सोलुखुम्बुको केरुङ– ७ मा जिल्लामै पहिलोपटक गड्यौँलापालन सुरु गरिएको छ ।

दीपज्योति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा अमेरिकन नागरिक फादर जोको संस्था म्यानिनोल लितायनफ्रेन र माइक क्यावेलको सहयोगमा त्यहाँका ७० घरधुरीले प्रतिघर एक हजारका दरले गड्यौँला पाल्न सुरु गरेका हुन् । गाउँमै सञ्चालन गरिएको च्याउखेती तथा गड्यौँलापालनसम्बन्धी तीनदिने तालिम पश्चात् गाउँका सबै घरधुरीलाई गड्यौँला वितरण गरिएको छ । krishilogo
उनीहरूलाई प्रतिघर एक हजारका दरले गड्यौँला र दुई केजी च्याउको बीउ तथा प्लास्टिक ब्यागसमेत निःशुल्क वितरण गरिएको छ । तालिमपछि गड्याँैलापालन गरी मल उत्पादन गर्ने तथा च्याउखेती गरी स्वरोजगार बन्ने सहभागीले बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस ११, २०७०