शुक्रबार, बैशाख ७, २०८१

सेक्स सिमेन ल्याउने भन्दै अमेरिका उड्ने तयारी

काठमाडौं, असार । कृषि विकास मन्त्रालयबाट विभाजित भएर बनेको पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका पदाधिकारीका नाममा करीव एक दर्जन व्यक्ति अमेरिका उड्ने तयारी गरिरहेका छन् । kaillassss
पशुपन्छी विकास मन्त्रालय श्रोतका अनुसार तीन बर्षभित्र दूधमा आत्मनिर्भर बन्न ४० बुंदे प्रतिवद्धतामा उल्लेख गरिएकाले दुग्ध उत्पादन बृद्धि गर्नका लागि नश्ल सुधारका नाममा सेक्स सिमेन सम्वन्धि अध्ययन गर्न भन्दै बोर्डका कार्यकारी निर्देशक कैलास प्रसाद ढुङ्ेलको नेतृत्वमा १० जना अमेरिका जान लागेका छन् । त्यसका लागि ढुङ्ेलले मन्त्रालयबाट स्वीकृत गराई अर्थ मन्त्रालयमा पेश गरिएको बुझिएको छ ।
अर्थमन्त्रालयले स्वीकृत गरेमा बोर्डको करीव ३० लाख खर्च गरेर बोर्डका पदाधिकारीहरु अमेरिकामा मस्ती गर्ने छन् । बोर्डले गत बर्षदेखि नै सेक्स सिमेन खरिद प्रक्रिया अगाडि बढेको भएपनि नेपालमा सेक्स सिमेनका लागि डेनमार्कबाट ल्याउने अन्तिम तयारीमा पुगेको श्रोतले बताएको छ । सेक्स सिमेनको गुणस्तर वा अन्य कुनै अनुसन्धानमा यो भ्रमणको औचित्य देखिएको छैन । डेनमार्कबाट सेक्स सिमेन खरिद गर्ने भएपनि अमेरिका उड्नुको अर्थ के हो ? चालु आ.वमा अध्ययन भ्रमणका लागि जर्मन, अमेरिका जानका लागि छुट्याएको बजेट सिध्याउने नियत मात्र रहेको देखिन्छ ।
डेनमार्कबाट सेक्स सिमेन ल्याउनका लागि टेण्डर समेत परिसकेको अवस्थामा बोर्डका पदाधिकारी अमेरिका भ्रमण गर्न लागेको विषयमा बोर्डका कार्यकारी निर्देशकसंग कुरा गर्दा उनले जर्मनी, स्वीजरल्याण्ड, डेनमार्क, लगायत देश जहां गएपनि हुने भएपनि जानै परेपछि किन अरु देश जाने भन्दै अमेरिका जान लागेको बताए ।
दोस्रो संविधानसभामा रामेछापबाट पराजित भएका ढुङ्ेललाई प्रधानमन्त्री केपी शर्मा ओलीकै आर्शिवादका कारण दुग्ध विकास बोर्डमा कार्यकारी निर्देशक बन्ने अवसर जुटेको हो ।

प्रकाशित मिति: मङ्लबार, असार २८, २०७३