बिहिबार, बैशाख १३, २०८१

सुन्तला उत्पादनमा कमी

स्याङ्जा, १ माघ । गतवर्षको तुलनामा स्याङ्जामा यसवर्ष ३४ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार यसवर्ष जिल्लामा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
गतवर्ष एक हजार ८४२ हेक्टर क्षेत्रफलमा २० हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा १३ हजार मेट्रिक टनमात्रै सुन्तला उत्पादन भएको छ ।
मीठो र स्वादिलो सुन्तलाका लागि चिनिने स्याङ्जामा सुन्तलाकाकै क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सुन्तला जोनका रूपमा काम अगाडि बढाइएको छ । गतवर्ष रु ३३ करोड बराबरको सुन्तलाको कारोबार भएको जिल्लामा यसवर्ष रु २२ करोडको कारोबार भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, माघ १, २०७४