बिहिबार, बैशाख १३, २०८१

सुन्तलाबाट रु २६ करोड आम्दानी

वालिङ, २९ पुस । स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष रु २६ करोड बढीको सुन्तला बिक्री भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका अनुसार कुल रु १० हजार २०० मेट्रिक टन सुन्तला बिक्रीबाट रु २६ करोड १५ लाख ९९ हजार ४०० आम्दानी भएको हो ।
“जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलबाट यस आर्थिक वर्षमा १० हजार २०० सुन्तला उत्पादन भएको छ”, सूचना अधिकृत बिसीले बताए । “उत्पादन भएकोमध्ये एक हजार २२४ मेट्रिक टन सुन्तला जिल्लाभित्र नै खपत भएको छ भने बाँकी आठ हजार ४६६ मेट्रिक टन सुन्तला जिल्लाबाहिरका सहरमा खपत भएको छ ।”

प्रकाशित मिति: बुधबार, पुस २९, २०७२