शुक्रबार, चैत्र १६, २०८०

सुदूरमा स्याउ फल्छ, तर व्यवस्थापन छैन

महेन्द्रनगर, भाद्र १। सुदूरपश्चिमका केही पहाडी जिल्लामा वर्षेनी स्याउ उत्पादन हुने गरेको भए पनि सरकारी तवरबाट त्यसको व्यवस्थापनमा खासै चासो दिएको पाइन्न । apple
सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र विस्तार र किसानलाई केही सहयोग पु¥याएको भए पनि भौगोलिक विकटताका कारण उत्पादित स्याउ दूरदराजका गाउँमै वर्षौंदेखि थन्किएको छ ।
ग्रामिण भेग सडक सञ्जालसँग नजोडिएका कारण बाजुराको स्याउले बजार पाउन सकेको छैन । “सडककै कारण किसानले स्याउ बिक्री वितरण गर्न पाएका छैनन्,” जिल्ला कृषि विकास कार्यालय बाजुराका बागवानी विकास अधिकृत सविता जोशीले भनिन्, “एक डोको स्याउ बिक्री गर्न एक दिन पैदल हिँड्नुपर्ने किसानको बाध्यता छ ।”
जिल्ला कृषि विकास कार्यालयले बाजुरामा स्याउ उत्पादनको क्षेत्र विस्तारका लागि वर्षेनी किसानलाई बिरुवा वितरणदेखि विभिन्न कृषि सामग्री वितरण गर्दै आएको छ । “गत र चालू आवमा १९ हजार स्याउका बिरुवा वितरण ग¥यौैँ,” जोशीले भन्नुभयो, “किसानले स्याउ गहुँ÷धानलगायत अन्नसित साट्नुपर्ने बाध्यता छ ।” -शेरबहादुर सिंह/प्रेम रौले

प्रकाशित मिति: बिहिबार, भदौ १, २०७४