शुक्रबार, बैशाख ७, २०८१

सिन्धुपाल्चोकमा अदुवा प्रर्वद्धन कार्यक्रम

सिन्धुपाल्चोक. १७ चैत । सिन्धुपाल्चोक जिल्लामा यस वर्ष अदुवा प्रर्वद्धन कार्यक्रम लागु हुने भएको छ । जिल्ला कषि विकास कार्यालयका अनुसार अदुवाको सुठो, धुलो पिठो, क्यान्डि बनाउनका लागि किसानहरुमा उत्प्रेरित गर्ने हिसाबले सो कार्यक्रम सञ्चान गर्न लागिएको हो । सो कार्यक्रम अन्तर्गत किसानहरुलाई अदुवा सुकाउने सोलार र धुने मेशिन ५० प्रतिशत अनुदानमा प्रदान गरिने कार्यालयका वागवानी विकास अधिकृत विष्णु बोगटीले जानकारी दिए ।

व्यापारिक हिसाबले अदुवाको सुठो र क्यान्डि बढी प्रभावकारी मानिन्छ । तर पनि हाल सम्म अदुवा सुकाउने सोलार र धुने मेहिनको कतैबाट पनि माग नआएको अधिकृत बोगटीले बताए । केन्द्रबाट व्यवसायीक रुपमा अदुवा खेती हुने जिल्ला भएको भन्दै कार्यक्रम आएको छ । तर पनि कृषि कार्यालयका अनुसार जिल्लामा व्यवसायीक रुपमा खेती भएको पाइन्न । यस कारण पनि यो कार्याक्रम सफल हुनेमा स्वय कृषि कार्यालय समेत अन्यौलमा रहेको पाइन्छ । जिल्लामा उत्पादन हुने अदुवाको बजार क्षेत्र अत्याधिक भएकाले ताजामा नै बिक्री हुने गरेको पाइन्छ । यसले पनि अदुवा प्रर्वद्धन कार्यक्रम सफल हुनेमा अन्यौता थपेको छ । प्रत्येक वर्ष अदुवाको मुल्यमा अस्थिरता हुनाले समेत किसानले व्यवसायिक रुपमा अदुवा खेती नगर्ने गरेको पाइन्छ । गएको आर्थिक वर्ष २०६९÷७० मा जिल्लामा ६ सय हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा ५ हजार १ सय ९६ मेट्रिकटन मात्र उत्पादन भएको थियो । अदुवा प्रर्वद्धन कार्यक्रम सफल बनाउन उत्पादन परिमाणमा वृद्धि गर्नु आवश्यक देखिन्छ ।- तिलक पुरी

प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७०