मङ्लबार, चैत्र ६, २०८०

साना डेरीका विरुद्ध ठूलो डेरी उद्योग

काठमाडौं, असार । साना लगानीका डेरी उद्योगको विकास र समस्या समाधान गर्ने उदेश्ले नेपाल डेरी एशोसिएन भन्ने संस्था जन्मियो । तर त्यही संस्थाका पदाधिकारीहरु यतिखेर टोल टोलमा खुलेका डेरी पसलहरु वन्द गर्नु पर्ने भन्दै कृषि मन्त्रीको कान फुक्न थालेका छन् ।
ठूला डेरीले भारतबाट म्याद गुज्रिन लागेका धूलो दूध उपभोक्तालाई ख्वाईरहेका बेला त्यसको विकल्पमा रुपमा टोल टोलमा खुलेका साना डेरीहरुले किसानहरुसँग संकलन गरेको दूध उपभोक्तालाई विक्री गर्दै आईरहेका छन् । अहिले ठूला डेरीले उत्पादन गरेका दूधमा युरिया सोडा मिसिएको चर्चासँगै विक्री खस्किएपछि साना डेरीमा भने भिड लाग्न थालेको छ ।
साना डेरीमा उपभोक्ताहरुको भिड लाग्न थालेपछि गुणस्तरही दूध विक्री गर्दै आईरहेका ठूलो डेरी अत्तालिदै मन्त्री गुहार्न पुगेका थिए । मन्त्री गुहार्न पुगेका मध्ये ठूला डेरीका नाईके मध्ये एक अरनिको राजभण्डारीले कृषि मन्त्री खनाललाई टोल टोलमा खुलेका साना डेरीले कर नतिर्ने भन्दै त्यस्ता डेरीलाई वन्द गरी आफूहरुले सञ्चालन गरेका डेरीलाई प्रोत्साहन दिनु पर्ने विलाप गरेका थिए ।
त्यही क्रममा किसानहरुले उत्पादन गरेका दूधलाई सहकारी मार्फत विक्री गर्दै आईरहेको केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटो समेत अहिले साना डेरीका विपक्षमा मन्त्रीसँग लविङ्ग गरिरहेका छन् ।
आफूलाई ठूला डेरी उद्योग भन्ने अनि उपभोक्तालाई गुणस्तरहीन दूध ख्वाउनेहरु नै साना डेरीलाई घाँटी निमोट्न लागिपरेका छन् । यो अवस्थामा साना डेरीको नेतृत्व गरिरहेका नेपाल डेरी एशोसिएन के हेरेर बसिरहेको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ५, २०७५