बिहिबार, बैशाख १३, २०८१

सहसचिव पाठक सचिवमा बढुवा

pathakकाठमाडौं, २९ फागुन । कृषि विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रभाकर पाठकलाई आज बसेको मन्त्रीपरिषद्को वैठकले सचिवमा बढुवा गरेको छ ।
सहसचिव पदमा लामो समयसम्म अनुभव बटुल्नु भएका पाठक कृषि विकास मन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत हुनुहुन्छ । प्राविधिक सह सचिवका रुपमा कार्यरत रहनु भएका डा.प्रभाकर पाठक सचिव भएपछि कृषि विकास मन्त्रालयमा नै रहने वा अन्यत्र सरुवा हुने हो त्यो भने टुङ्गो लागेको छैन ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २९, २०७०