बिहिबार, चैत्र १५, २०८०

सहकारी ऐन संशोधनको तयारीमा

Ambika-Basnetकाठमाडौँ । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबीको रेखामुनि रहेकाकोे जीवनस्तर माथि उठाउन सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । देशभर दर्ता भएका ३४ हजार सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी गरिबीका रेखामुनि रहेकाका २१ दशमलव ६ प्रतिशत नागरिकको जीवनस्तर माथि उठाइने उनले बताएकी छिन् ।
मन्त्री बस्नेतले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक समुन्नतिका कार्यक्रममार्फत गरिबी निवारण गरिनुपर्नेमा जोड दिदैं सहकारीलाई विश्वसनीय बनाउन शेयरधनी केही पनि होइनन्, सबै सञ्चालक हुन् भन्ने सोचलाई हटाउनु पर्ने बताईन्।
“लोकतान्त्रिक अभ्यास गरी सहकारी चलाइनुपर्छ, सहकारी डुबाउनेलाई रु एक हजार ५०० कारबाही गरेर उन्मुक्ति दिने विद्यमान कानूनी व्यवस्थालाई परिवर्तन गर्न सहकारी ऐन संशोधनको चरणमा रहेको उनले बताईन् । “बचत र लगानीमा मात्र सहकारी सीमित हुँदा जनताको करोडौँ बचत थन्किएकाले उत्पादनमूलक काम गरी आयआर्जन वृद्धि गर्ने गरी नीति निर्माण गरिने मन्त्री बस्नेतको भनाई छ ।”

प्रकाशित मिति: आइतवार, साउन २९, २०७४