बिहिबार, चैत्र १५, २०८०

सरुवाका लागि कृषि मन्त्री माथि दवाव

काठमाडौं । भाद्र महिना शुरु भएदेखि नै निजामती सेवामा कार्यरत कर्मचारीहरुको टेन्सनको विषय बन्ने गर्दछ सरुवा । यही सरुवाले कृषि विकास मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव, सचिव मात्र होइन कृषि मन्त्रीलाई पनि अत्यधिक दवाव आउने गरेको निवर्तमान कृषि मन्त्री हरिबोल गजुरेलले खुलासा गरेका छन् । Gauri sankar
कृषि विकास मन्त्रालय मातहतका विभाग तथा आयोजना प्रमुख बन्नेदेखि जिल्लामा हाकिम बन्न समेत मन्त्रीलाई माथिबाट निर्देशन आउने भएकाले आफैले गरेका प्रतिवद्धता समेत तोड्नु पर्ने वाध्यता आउने गरेको उनले बताए ।
भाद्र महिना शुरु भए लगतै कर्मचारी सरुवाका लागि आफूमाथि थोरै नेता भएकाले कम दवाव परेको बताउंदै नयां कृषि मन्त्रीलाई धेरै दवाव आउने सक्ने उनले खुलासा गरे । अहिलेका कृषि मन्त्री र राज्यमन्त्री भन्दा माथिल्ला तहमा धेरै नेताहरु भएकाले माथिबाट आउने दवाव सहन पूर्व कृषि मन्त्री गजुरेलले वर्तमान मन्त्री गौरीशंकार चौधरी र राज्यमन्त्री राधिका तामाङ आग्रह गरे ।
उनले आफू कृषि मन्त्री हुँदा इमान्दार मन्त्रीको रुपमा पहिचान बनाउन खोजेपनि इमान्दार बन्न नसकेको समेत खुलासा गरे ।

प्रकाशित मिति: मङ्लबार, साउन ३२, २०७३