शुक्रबार, चैत्र १६, २०८०

सरकारलाई चुनौति दिँदै एक सयमा सलह किन्ने राईको घोषणा

खोटाङ । भारतको तराई प्रवेश गरेको सलह कीरा पहाडी क्षेत्रमा पनि प्रवेश गर्न थालेको छ । गत शनिवार रुपन्देहीमा सलह कीरा देखिएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना प्रकाशन ग री सलह कीरा प्रति २० रुपैयाँका दरले खरिद गर्ने हल्ला फिँजायो । त्यसको सिको गर्दै कतिपय स्थानीय तहहरुले पनि त्यस्तै प्रकृतिका सूचना निकाले । सलह कीरा संकलन गर्ने ठूलै अभियान जस्तै गरे हाम्रा प्रदेश केन्द्रित मन्त्रालयहरुले ।

यही मेसोमा कुनै बेला कृषि विकास मन्त्रालयमा मै जागिरे जीवन शुरु गरी एफएओ लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागिर खाएर अवकाश प्राप्त भएका कृषि विज्ञ मदन राईले सरकारले समेत चुनौती दिँदै प्रति केजी २० रुपैयाँ होइन १ सय रुपैयाँमा सलह कीरा खरिद गरे सामाजिक सञ्जाल मार्फत ।

मदन राई कृषि विज्ञ हुन् तर पछिल्लो समय उनको काम भनेको हरेक व्यक्तिलाई गाली गर्ने बाहेक अरु देखिन छाडिसकेको छ । हो उनले भने जस्तै किसानलाई हेपाहा प्रबृत्तिमा राखेर २० रुपैयाँ किलोमा कलह कीरा किन्छौं भन्ने अर्को तिर संघीय सरकारका कृषि मन्त्री विदेशी संगीतको खोजि गर्दछौं भनिरहँदा राईले १ सयमा सलह कीरा किन्ने घोषणा गर्नुलाई संघ सरकारदेखि प्रदेश सरकारसम्म कति नालायकहरु देखिए भन्ने स्पष्ट देखाएको छ ।

राई भन्छन् “कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेकाराईले सामाजिक सञ्जालमा लेखेका छन, “माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।”

प्रकाशित मिति: मङ्लबार, असार १६, २०७७