शुक्रबार, चैत्र १६, २०८०

सरकारको दूधमा आत्मनिर्भर हुने कुरा असफल हुन्छ

bhagiratha

भगिरथ तिमल्सेना
अध्यक्ष
अन्नपूर्ण दुग्ध उत्पादन सहकारी

0अहिले दूधको मुल्य भएको छ यहाँ आफैले पनि सहकारी मार्फत डेरी सञ्चालन गरिरहनु भएको छ यो मूल्य बृद्धिलाई कसरी हेर्नु भएको छ ?
अहिलेको दूधको मूल्यले किसानहरुलाई थोरै मात्र राहत दिएको छ । तर दूधको मूल्य बृद्धिको मापदण्ड नै किसानका हितमा देखिएको छैन । सरकारले दूधमा आत्मनिर्भर हुने कुरा उठाइएरहेको छ । तर दूध उत्पादन गर्ने किसानहरुको लगानीमा वृद्धि भईरहेको छ जसले गर्दा किसानले दुधको मुल्य पाएनन् भने यो पेशाबाट पलायन हुन अवस्था आउन सक्छ यदि त्यसो भयो भने सरकारको आत्मनिर्भर हुने कुरा र योजना पुरै असफल हुने अवस्थामा छ । त्यसैले किसानहरुका लागि राहत हुने गरी प्रतिलिटर १० रुपैयाँ बृद्धि गर्नु पर्दछ भन्ने हाम्रो माग थियो तर ६ रुपैयाँ बृद्धि भएको छ । यसलाई सकारात्मक ढंगले नै लिनु पर्दछ ।
0किसानका नाममा दुधको मूल्य बृद्धि गर्दा उपभोक्ता मारमा परिरहेका छन् नि त ?
उत्पादन गर्ने किसान र उपभोक्ता वीचको दुरी अत्यन्तै धेरै बढी छ । यसमा बिचौलियाहरुको चलखेल बढी भएकाले हो । यसमा सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने छ । मूल्य बृद्धि गर्नु मात्र ठूलो कुरा होइन उपभोक्ताले पनि सस्तो मूल्यमा उपभोग गर्न पाउनुपर्छ भने अर्कातिर किसानले पनि उचित मुल्य पाउनुपर्छ । हाम्रो भनाई त्यही हो जसलाई व्यवस्थापन गर्नका लागि सरकारले पनि निशर्त मूल्य बृद्धि भएको पैसालाई किसानले पाउनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ । पटक पटक मूल्य बढाउदा उपभोक्ताले दूधको उपभोग नगर्न पनि सक्छन् । जसलाई भित्रबाटै व्यवस्थापन गर्न सकियो भने उपभोक्ताको पनि उपभोग संख्या बृद्धि हुन्छ । किसानले पनि उचित मूल्य प्राप्त गर्ने छन् । जसलाई राज्यले गुणात्मक ढङ्गगले सोचेर फैसला गर्नु पर्ने छ ।
0उपभोक्तालाई मूल्य बृद्धि नगरीकन किसानलाई दिईने रकममा बृद्धि गर्दा के समस्या हुन्छ ?
यसमा ठूलो समस्या केही पनि छैन । उत्पादन क्षेत्रदेखि उपभोक्तासम्म आईपुग्दाको लागत मूल्य हेर्ने हो भने उपभोक्तालाई दूधको मूल्य बृद्धि गर्नु पर्ने देखिंदैन । किसानले उत्पादन गरेको दूध चिस्यानकेन्द्रदेखि प्याकेजिङ्ग गर्दासम्म लाग्ने लागत निकाल्ने हो भने पनि दूधको मूल्य उपभोक्तालाई बृद्धि गर्नु पर्ने म देख्दिन । तर किसानलाई बृद्धि गरेको नाममा उपभोक्ताहरुलाई पनि बृद्धि गर्नु अन्याय हुन सक्छ ।
0अहिले किसानसँग खरिद गर्ने दूधको मूल्य र उपभोक्तालाई विक्री गर्ने दूधको मूल्य दोव्वर छ नि त ?
ठिक प्रश्न हो या । तर यस विषयलाई हामीले पनि राम्रोसँग बुझेको अबस्था छैन् । हिजोका किसानका नेतृत्व गर्नेहरु, दुध उद्योगीहरु र दुग्ध विकास संस्थान वीच त्रिपक्षीय सम्झौता भएका छन् । जहाँ दूधको मूल्य बृद्धि हुँदा किसानले ७९ प्रतिशत पाउने ३१ प्रतिशत उद्योगलाई दिने नीति बनेको र पटकपटक यहि नीतिलाई कार्यान्वयन गर्ने खालको चलन छ । अहिले पनि यहि मापदण्डलाई आधार मानिएको हुँदा किसानहरु र उपभोक्ता दुवै ठगिएका छन् भन्दा फरक पर्दैन । त्यसकारण पनि २०६४ सालमा बनाएको सो मापदण्डलाई परिमार्जन गरी अन्तर्राष्ट्रिय मापदण्डलाई समेत आधार मानेर नयाा मापदण्ड बनाउने हो भने यो अवस्था आउँदैन । अहिले तीन पक्षवीच बाँढीचुँढी लिने जस्तो गरिएकाले यो अवस्था आएको हो । जसका कारण किसानहरु वाँच्न सक्ने अवस्था छैन ।
0नेपाललाई दूधमा आत्मनिर्भर बनाउने भन्ने कुरा छ तर दूध उत्पादनको लागत मूल्यलाई कम बनाउने तर्फ राज्यले प्रयास गरेको देखिदैन नि ?
प्रमुख सत्यता नै यही हो । किसानले खाली दुधको मूल्य नपाएर नै किसान बढी समस्यामा परेका हुने । मूल्य बढ्ने गुणस्तर दानाका कुराहरु भए, घाँसका कुराहरु छन्, औषधीका कुराहरु छन्, त्यति मात्रै हो र औजार र यान्त्रिकरण छैन् । किसानले दूध उत्पादन गर्दा परम्परागत रुपमा नै उत्पादन गर्नु परेको छ । त्यसबाट माथि उठाउने प्रयास कसैले गरेको देखिंदैन । राज्यले किसानले उत्पादन गर्ने दूधको लागत मूल्य यकिन गरी के कारणले दूध उत्पादनको लागत मूल्य बढेको छ र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरा तर्फ ध्यान दिएको देखिंदैन .यहाँका कर्मचारी जसले पशुपालनमा, कृषिमा कुनै पनि लगाबै छैन खाली फट्याई गरेर खाने मानिसहरु ती अध्ययन अवलोकनमा जाने र उनीहरु त्यहाँ हेरेर आउने र काठमाडौमा घर बनाएर बस्ने बाहेक अरु केही देखिदैन जसले गर्दा किसानको बिबिध कारणले गर्दा लागत बढेको छ । मेरो मान्यता के हो भने दूधको मुल्य वृद्धि गरेर मात्र समस्या सामधान हुने होईन् । तर किसानले लागत घटाउने कार्यक्रमहरु लान सकियो भने उपभोक्ता मूल्य बृद्धि नगरी किसानलाई मूल्य बृद्धि गर्दा पनि अझै केही रकम फाइदा हुने देखिन्छ । यसमा राज्य उदासिन अवस्थामा छ र नेपालमा बिभिन्न्न परिर्वतन भए राजनीतिक परिर्वतन भए यद्यपी किसानलाई परिवर्तन गराउने काम कसैले पनि गरेनन् । किसानको उत्थान गर्नु पर्दछ भन्ने सोच भन्दा पनि खाली दलालीकरण गर्ने दलालहरुलाई आफ्ना वरिपरि घुमाउनेर खाली किसान मार्ने खालका योजनाहरु ल्याउन प्रबृत्ति देखिएको छ । त्यसो भएकाले हामी त्यसको भण्डाफोर गर्न चाहन्छौ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, भदौ ५, २०७४