शनिबार, बैशाख ८, २०८१

समाचारको प्रभाव, किसानलाई कर्जा दिने तयारी

काठमाडौं १५, फागुन । कृषि विकास वैंकको बार्षिकोत्सवसँगै तीन साता अगाडि कृषि साप्ताहिक र कृषि अनलाईनमा कृषि विकास वैकले कृषि ऋण दिनुको सट्टा घरजग्गामा ऋण प्रवाह बढाईरहेको समाचार प्रकाशन गरेपछि समाचार कै कारण कृषि विकास वैंक भित्र चर्चा मात्र चलेन सञ्चालक समितिका सदस्यहरुले नै कृषि ऋण प्रवाह गर्न वैकलाई दबाव दिएपछि कृषि विकास वैकले कृषि ऋणका लागि नयाँ योजना ल्याउने तयारी गरिहेको खुल्न आएको छ । agriculture bank hggg
वैकले कृषकहरुलाई सरल कर्जाका रुपमा व्यवसायिक रुपमा कृषि व्यवसाय गर्नेहरुलाई सरलकर्जाका नाममा रु.१० लाखसम्मको कर्जा प्रवाह गर्न लागेको वैकले जनाएको छ । कृषि विकासका लागि कृषकहरुलाई नै लक्षित गरी खुलेको कृषि विकास वैंकले कृषिमा भन्दा बढी लगानी अन्य क्षेत्रमा गरिरहेको छ । वैंकले प्रवाह गरेको ऋणमा २० देखि २५ प्रतिशतसम्म मात्र कृषिमा लगानी गरेको बताएपछि सो रकम समेत कृषि उत्पादनका लागि नभएर मेशीनरी सामानमा लगानी गरेको समेत खुल्न आएको छ ।
अव भने कृषि विकास वैंकले व्यवसायिक कृषि मार्फत कृषि उत्पादनका बृद्धि गर्ने किसिमले सरल कर्जा उपलब्ध गराउन लागेको पनि बताएको छ । वैंकले चैत्रको पहिलो साताभित्रै उक्त सरल कर्जा कार्यक्रम सार्वजनिक गर्न लागेको पनि कृषि अनलाईनलाई प्राप्त भएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १५, २०७०