शुक्रबार, बैशाख ७, २०८१

सचिवको ‘स्पिरिट अनुसार काम हुन सकेको छैन

mahendra panta

महेन्द्रराज पन्त, कृषि प्रचार अधिकृत– कृषि विकास मन्त्रालयव

कृषि विकास मन्त्रालयभित्रका महत्वपूर्ण र प्रत्यक्ष सरोकार राख्ने कार्यालयका रुपमा सचिवको सचिवालयलाई लिने गरिन्छ । भने सचिवको महत्वपूर्ण अंगका रुपमा सचिवालयमा रहने अधिकृतलाई मानिन्छ । सचिवले गर्ने कार्यलाई सहज वातावरण बनाउने काम पनि उनैले गर्नु पर्ने हुन्छ । त्यसैले कृषि विकास मन्त्रालयका सचिवको सचिवालयले के गर्दछ र कसरी जनताका सेवालाई सहज बनाउ“दै आएको छ भन्ने प्रसंगमा विगत ८ बर्षदेखि सचिवालयका कार्यरत कृषि प्रसार अधिकृत महेन्द्रराज पन्तस“ग कृषिले गरेको कुराकानीको अंश :
सेवाग्राहीले यस सचिवालयमा कस्ता सेवा लिनका लागि आउने गरेका छ ?
कृषि विकास मन्त्रालय विशुद्ध प्राविधिक मन्त्रालय भएको हुनाले यस मन्त्रालयमा सेवाका लागि आउने सेवाग्राहीहरु प्राय जसो कृषि पेशा अंगालेका र कृषि“ बढी सम्वन्धित व्यक्तिहरु नै बढी आउनु हुन्छ । यो मन्त्रालयले खास गरी कृषि र कृषकको हित हुने नीति नियम बनाउने कार्यक्रमहरु अनुगमन गर्ने कार्य गर्दछ । भने कृषि व्यवसायतिर लाग्न खोज्नु भएका कतिपय व्यवसायीहरु पनि जानकारी लिन यस सचिवालयसम्म आईपुग्ने गर्नु हुन्छ ।
सचिवालयको काम चा“हि के हो त ?
हरेक दिन सचिवज्यूको कार्यक्रमको व्यवस्थापन र विभिन्न बिभाग, बोर्ड, संस्थानहरुबाट आएका फाइलहरु पेश गर्ने, तथा सचिवबाट तत्काल गर्नुपर्ने चिठ्ठी पत्र टिप्पणी आदीको कार्यान्वय गर्नु पर्ने काम हुन्छ भने । कृषि विकास मन्त्रालय ठूलो मन्त्रालयका रुपमा रहेकाले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी निकायहरुस“ग सम्पर्क समन्वयको काम पनि सचिवालयले गर्दै आईरहेको छ ।
सचिवस“ग प्रत्यक्ष काम गरिरहनु भएको छ, सचिवहरुस“ग काम गर्न गाह्रो हुन्छ भन्छन् नि ?
म कृषि विकास मन्त्रालयको सचिवको सचिवालयमा बसको करीव ८ बर्ष जति भयो धेरै सचिवहरुसग कार्य गरे तर मैले त्यस्तो अनुभूति गरेका छैन । तर विगतका सचिवभन्दा वर्तमान सचिवको कार्यशैलीमा मैले केही भिन्नत भने पाएको छु ।
कस्ता भिन्नता पाउनु भयो त ?
उहा“को महत्वपूर्ण काम भनेकै तत्काल काम गर्नु र त्यसलाई कार्यान्वयन हुनु पर्दछ कुरामा अडान छ । धेरै भन्दा धेरै समय कार्यालयको काममा दिने । मन्त्रालयका सहसचिवहरुस“ग गरेर काम गर्ने, छिटो र छरितो रुपमा सेवाग्राहीको काम सम्पन्न गर्नु पर्दछ भन्ने भावना उहाँमा छ । सचिवालयमा आएका सेवाग्राहीलाई तत्काल भेट गरी समस्या वा गुनासा सुन्ने गर्नु हुन्छ । नियमसंगत कार्यहरुलाई तत्काल गर्ने मापदण्ड नपुगेका कार्यहरुलाई मापदण्ड के के पुगेनन् आफैले बुझाएर पठाउने गर्नु हुन्छ । र दवावमा कुनै पनि कार्य गर्नु हु“दैन यो महत्वपूर्ण कार्यशैली मैले महशुस गरेको छु ।
वर्तमान सचिव आएपछि मन्त्रालयमा भएका नमूनका कार्य के के छन् ?
सवैभन्दा महत्वपूर्ण कार्य भनेको कार्यलयमा मन्त्रिपरिषद्बाट आएका फाइलिङ्गहरुको व्यवस्थापन भएको थिएन त्यसलाई एकीकृत गरी दशबर्षदेखिका कागजातहरु व्यवस्थित फाइलिङ्ग गरी वाईडिङ्ग गर्ने कार्य गरिएको छ । जुन ऐतिहासिक दस्ताबेजका रुपमा काम गर्ने छ । दशबर्षदेखि हालसम्मका कुनै पनि कागजपत्र जुनसुकै समयमा हेर्न सक्ने व्यवस्था नमूनाका रुमपा उहाँले आउनासाथ गर्नु भएको काम हो । टिजिटल हाजिरी प्रणाली पनि उहाँ आउना साथ शुरु गर्नु भएको हो । अर्कोकुरा मन्त्रालयका वैठकहरुमा पनि उहाँले नयाँ नियम लागू गर्नु भएको छ । प्रधानमन्त्री कार्यालयमा सचिवस्तरीय वैठकमा भएको निर्णयहरुको कार्यान्वयन गर्न सहज होस् भन्ने हेतुले मन्त्रालयमा विभागिय स्तरीय, विभाग प्रमुख, संस्थान, बोर्ड, समिति परिषद् सहितका प्रतिनिधिहरुको वैठक बस्ने सेवाग्राहीहरुलाई सेवाबाट बञ्चित हुन नपरोस् भनेर विहान ९ देखि १० बजेसम्म बस्ने नियम बसाल्नु भएको छ । वैठक बस्दा मितव्ययिता अपनाउनका लागि निर्देशन दिनु भएको छ भने वैदेशिक आयोगहरुका वैठकहरु होटलहरुमा हुँदै आईरहेकोमा ती वैठकहरु मन्त्रालयमा नै गर्ने व्यवस्था गर्नु भएको छ ।
सचिवले गरेका निर्णयहरु कार्यान्वयन भएका छन् त ?
भएका छन् जति पनि निर्णय सचिवले गर्नु भएको ती कार्यान्वय हुने गरेका छन् । निर्णयहरु कार्यान्वयन गर्ने कुरामा सचिव आफैले अनुगमन गर्ने गर्नु हुन्छ जसले गर्दा पनि प्रभावकारी भएको पाइन्छ । विगतमा त्यस्तो थिएन । कृषि बीमा कै कुरा गर्ने हो भने पनि विगतमा कसैले गर्न नखोजेको कार्य वर्तमान सचिवको पहल कदमीबाट सफल भएको हो । जसले किसानहरु उत्साहित भएका छन् । किसानहरुले कृषि तथा पशु बीमा गर्न पाएको नपाएको स्थलगत रुपमा आफै बुझ्न जाने गर्नु भएकोले पनि किसानहरु उत्साहजनक ढंगले पेशामा आकर्षित भएका छन् । कतिपय ठाउ“मा त म आफैलाई पनि लिएर जानु भएको छ । कृषि विमा कृषि इतिहासमा नै उल्लेखनीय कामको रुपमा लिएको पनि छ ।
वर्तमान सचिवको आफ्नै पहलबाट केही निर्देशिकाको काम पनि भईरहेको छ भनिन्छ नि ?
सहि कुरा हो प्राङ्गारिक कृषि उत्पादनका निर्यातका लागि प्रमाणिकरण शुल्क अनुदान उपलब्ध गराउने व्यवस्था सम्वन्धि निर्देशिका २०६९ जुन नेपाल सरकारबाट स्वीकृत समेत भईसकेको छ भने प्राङ्गारिक कृषि उत्पादनको सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली सञ्चालन समवन्धि मार्ग दर्शन २०६९ नेपालका सरकारबाट स्वीकृत भई कार्यान्वयनमा समेत आईसकेको छ । यस्तै निर्यात प्रर्वद्धनका लागि सशर्त ब्याज अनुदान उपलब्ध गराउने जस्ता कार्यान्वय हुनुलाई गर्वको रुपमा लिनु पर्दछ । जुन सचिवको पहलबाट मात्र सम्भव भएको देखिन्छ । कृषक कृषि उत्पादनक एवं बेरोजगारी वर्गको लागि अति उपयोगी भएको छ ।
अरु के के काम भएका छन् त ?
उहाँको पालामा रसायनिक मलको अभाव किसानहरुले भोग्नु परेन भने बीउ बिजन नियमावाली, बीउ विजनको दीर्घकालिन सोचमा उहाँको विशेष पहल छ भने सवैभन्दा महत्वपूर्ण कुरा त बर्डफ्लु नियन्त्रण आदेशलाई परिमार्जन गर्ने कार्यमा ठूलो पहल गर्नु भएको छ । जुन किसानको अति नै महत्वपूर्ण हो । गतबर्ष भक्तपुर, ललितपु र काठमाडौंमा महामारी रोग नै फैलियो त्यसबेला सचिवले विशेषज्ञ सहित स्वयं उपस्थित भएर यसलाई न्यूनिकरण गर्ने प्रयासमा आफै जुट्नु भएको छ । बर्डफ्लु देखापरेका ठाउ“मा पनि विहाने पुगेर किसान, व्यवसायी र कर्मचारी सवैस“ग समन्वय गरी समस्या समाधान गर्नका लागि तदारुकताका साथ स्थलगत रुपमा नै गएर किसानका पक्षमा उभिने सचिव म आएदेखि पहिलो सचिव नै हो ।
पहिले कृषि प्राविधिकहरु नै सचिव हुन्थे तर उहा त गृह प्रशासक भएर पनि यो प्राविधिक मन्त्रालयलाई व्यवस्थित बनाउ सक्नु भएको छ कसरी ?
चाहना हो उहाँमा कृषि विकास मन्त्रालयलाई शसक्त मन्त्रालयका रुपमा उभ्याउनु पर्दछ भन्ने चाहना राख्नु भयो र नै सफल भयो । जागिरे जस्तो कहिल्यै पनि गर्नु भएन त्यही भएर पनि हो । अर्को कुरा उहाँ साँच्चै गृह प्रशासकबाट कृषि विज्ञ प्रशासक भईसक्नु भयो जस्तो लाग्छ मलाई । उहा कृषि विज्ञभन्दा कम हुनु हुन्न । एउटा उखान छ जहाँ ईच्छा त्यहा उपाय। कृषि सचिवमा इच्छा र चाहना छ कृषिमा बढी रुचि छ अध्ययन र मनन गर्ने गर्नु हुन्छ । विगतका सचिवहरु फिल्ड जान समस्या हुन्थ्यो चाहना राख्नु हुँदैनथ्यो । तर उहाँ प्रत्येक क्षेत्र,जिल्ला र किसानको खेतमा पुग्नु भएको छ । गोंठमा पुग्नु भएको छ, तरकारी बारी, फलफूल बगैचामा आफै पुगेर किसानका समस्या बुझ्ने गरिरहुन भएको छ । त्यसैले पनि कृषिमा धेरै नै परिवर्तनहरु भएका छन् ।
धेरै सचिवहरुसग प्रत्यक्ष काम गर्नु भएको छ अन्त्यमा सचिवालयको तर्फबाट भन्नु पर्दा के भन्नु हुन्छ ?
कृषि र किसानको पक्षका काम गर्ने यो प्राविधिक मन्त्रालय जसले मुलुकलाई कृषि प्रधान देश बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह खेल्ने गर्दछ । अहिले मन्त्रालयले चाहेको जस्तो इच्छा र चाहना दुवै भएको सचिव पाएको छ । सायद यो भन्दा पहिले यस्तो नेतृत्व पाएको थिएन । त्यसैले पनि उहाँको ‘स्प्रिड’ अनुसार नै उच्च विज्ञ र सहसचिवहरुबाट काम भईरहेको जस्तो लाग्छ । अझै सचिवको ‘स्प्रिड’ अनुसारका मन्त्रालय मातहतका उच्च विज्ञहरुले साथ दिनु भएमा कृषि विकास मन्त्रालयको सफलता अझ धेरै हुने थियो ।– बैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, फाल्गुन २५, २०७०