शुक्रबार, चैत्र १६, २०८०

श्रेष्ठ एग्रो इन्पुटद्धारा सुरक्षात्मक उपकरण कीट चन्द्रागिरी नगरलाई हस्तान्तरण

काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस प्रकोप नियन्त्रण र रोकथाममा सहयोग पु¥याउने हेतुले नेपाली कृषि यन्त्र उपकरण निर्माण गर्दै आईरहेको श्रेष्ठ एग्रो इन्पुटले चन्द्रागिरी नगरपालिकालाई सेफ्टी किट हस्तान्तरण गरेको छ ।

स्थानीय तहका संक्रमण बढ्न नदिन सक्रिय रहेको स्वास्थ्यकर्मीहरुको प्रयोजनका लागि श्रेष्ठ एग्रो इन्पुटका अध्यक्ष गोविन्दभक्त श्रेष्ठले चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख लीशा नकर्मीलाई २० साथ सेफ्टी कीट हस्तान्तरण गरेका हुन् ।

लामो समय कृषि क्षेत्रमा कार्यरत रही स्वदेशमा नै कृषि उपकरण उत्पादन गर्नु पर्ने सोच लिएर कम्पनी शुरु गरेका गोविन्दभक्त श्रेष्ठले यो महामारीमा सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् ।

प्रकाशित मिति: आइतवार, चैत्र १६, २०७६