बिहिबार, चैत्र १५, २०८०

श्रीमतीको नाममा रहेको फर्मबाट व्यापारी निर्वाचित

सुनसरी,जेठ । कृषिउपज बजार व्यवस्थापन समितिको चुनावमा आफ्नो श्रीमतीको नाममा रहेको फर्मबाट व्यापारी निर्वाचित भएका छन्  । गत जेठ ७ र ८ गते धरानमा रहेको कृषिउपज बजार व्यवस्थापन समितिको चुनाबमा व्यापारी बजारले दिएको सामान्य व्यापारिक परिचयपत्रका आधारमा सहभागि भएका हुन् । किसान प्रतिनिधिको चुनाव ७ र व्यापारीको चुनाव ८ गते भएको थियो । व्यवस्थापन समितिको चुनावमा निर्वाचितमध्ये अध्यक्ष पदका पर्शुराम कटवाल र सदस्य सोनेलाल गुप्ताको आफ्नो नामको कुनै फर्म छैन । कृषि उपज बजारले दर्ता गरेको फर्ममा उनीहरू दुवैजना आफ्ना श्रीमतीको नाममा दर्ता भएको फर्ममार्फत कृषि जन्य व्यापार गर्दै आएका छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १५, २०७५