शुक्रबार, चैत्र १६, २०८०

व्यवसायिक बाख्रा पालनको खाँचो

krishari baskota

काठमाडौं, चैत्र २७ । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वाँस्काटोले भारतको लखनउबाट १६ अर्व भन्दा बढीको खसी बोका हरेक बर्ष भित्रिने गरेको बताउनु भएको छ । उच्च पहाड कृषि व्यवसाय तथा जिवीकोपार्जन सुधार आयोजनाले दोलखा जिल्लामा व्यवसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुलाई अनुदान प्रदान गरेका मध्ये दोलखाको भेड्पु गाविस,८ मा रहेको साम्दुलिङ्ग कृषि तथा पशुपालन फार्मको औपचारिक रुपमा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
लामो समय दक्षिण अफ्रिका बसेर नेपाल फर्किएका अशोक घिसिङ्गले ५० लाख लगानीमा शुरुवात गरेको सो बाख्रा पालनको हिमाली आयोजना अंकित ट्याग बाख्रामा लगाएर कार्यक्रम उद्घाटन समेत गर्नु भयो । सो कार्यक्रम बोल्दै सचिव वाँस्कोटाले दोलखा जिल्लाका किसानहरुलाई सो आयोजनाले धेरै नै सहयोग पु¥याएकोले किसानहरुले हिमाली आयोजना लगायतका कृषि आयोजनाहरुबाट अनुदान प्राप्त गर्न सकिने भएकाले जिल्ला पशु कार्यालय, जिल्ला कृषि कार्यालयबाट जानकारी लिएर व्यवसायिक रुपमा पशुपालन गर्न किसानहरुलाई आग्रह गर्नु भयो ।
बेरोजगारीका कारण कतिपय युवाहरु खाडीमा दुख पाईरहेकाले नेपालमा नै बसेर पशुपालन गरी लाखौं रुपैयाँ आम्दानी गर्न सकिने भएकोले युवाहरुलाई पशुपालनमा आकर्षण गर्न सरकारले विभिन्न खालका कार्यक्रमहरु अगाडि ल्याएकोले सरकारले ल्याएको अनुदानका कार्यक्रममा सम्पूर्ण किसानहरुले सहभागी हुनु पर्ने समेत बताउनु भयो ।
मुलुकमा व्यवसायिक बाख्रा पालन गर्न सकिए विदेशिएको रकम रोक्न सकिने र त्यसका लागि युवाहरुले नै सक्रियता बढाउनु पर्ने समेत बताउनु भयो ।
कार्यक्रममा कृषि विकास मन्त्रालयमा सचिव जयमुकुन्द खनालले कृषि विकास मन्त्रालयले किसानहरुलाई निर्वाहमुखि कृषिबाट व्यवसायिक कृषितिर आकर्षण गर्नका लागि पनि यस्ता अनुदान सहितका कार्यक्रमहरु अगाडि ल्याएको बताउनु भयो । सचिव खनालले व्यवसायिक रुपमा पशुपालन गरिरहनु भएका किसानहरुलाई आफ्नो व्यवसायलाई सुरक्षित गर्न पशुधनको बीमा गर्न आग्रह गर्दै बीमाको प्रिमियमको ५० प्रतिशत रकम सरकारले व्यहोर्ने भएकाले पनि बीमा गर्न समेत अनुरोध गर्नु भयो । कार्यक्रममा पशु सेवा विभागमा महानिर्देशक नरबहादुर रजवार, हिमाली आयोजनाका आयोजना निर्देशक डा. अमर शाह, राष्ट्रिय मत्स्य कार्यक्रम निर्देशक रमानन्द मिश्र,पशु उत्पादन निर्देशनालायका निर्देशक डा. दिनेश पराजुली लगायतले नेपालमा बाख्रा पालनप्रति बढ्दै गईरहेको आकर्षणका बारेमा आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७०