शनिबार, बैशाख ८, २०८१

व्यवसायिक बाख्रापालनबाट हौसिए महिला

बागलुङ २४ फागुन । व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेका महिलाहरू आर्थिक रूपमा सवल हुन थाले पछि बागलुङ जिल्लाको दमेक गाविसका महिलाहरू उन्नत जातका बाख्रा पालेर मनग्य कमाइ गर्न उनीहरूमा बाख्रापालन व्यवसायप्रति आकर्षण बढेको छ ।

आयआर्जनको गतिलो माध्यमका रूपमा बाख्रापालन व्यवसाय रोजेका महिलाहरू उद्यमी बन्न थालेका हुन् । फस्टाउँदो बाख्रापालन व्यवसायमा राम्रो भविष्य देखेका महिलाले अवसर पाए गर्नसक्ने उदाहरण देखाएका छन् । पुरुषहरूले मात्र व्यावसायिक बाख्रापालन गर्दै आइरहेको समयमा महिलाको सक्रियता पनि कम देखिएको छैन ।
हेफर इन्टरनेसनल नेपालको सहयोगमा दमेक गाविसका महिलाले व्यावसायिक रूपमा बाख्रापालन थालेको केही वर्ष बितिसकेको छ । पछिल्लो समयमा मात्र रु दुई करोड पाँच लाखभन्दा बढीको लगानी महिलाले आयआर्जन तथा महिलाको सशक्तीकरण खर्चेका छन् ।
महिलाले आफूहरूले मात्र बाख्रापालनलाई सीमित नराखी अरू महिलालाई पनि सङ्गठित गराई बाख्रा वितरणसमेत गर्दै आएका छन्

प्रकाशित मिति: शनिबार, फाल्गुन २४, २०७०