शुक्रबार, बैशाख ७, २०८१

व्यवसायिक कृषि गर्नका लागि तीन हजारभन्दा बढीको आवेदन

काठमाडौं,२८ पौष ।  विश्व वैकको सहयोगामा नेपाल सरकार कृषि विकास मन्त्रालय मातहत सञ्चालन भईरहेको व्यवसायिक कृषि तथा व्यापारआयोजनामा व्यवसायिक कृषि गर्ने गरिरहेको करिव तीन हजार भन्दा बढी संघसंस्थाहरुले अवधारण पत्र पेश गरेका छन् । तीन महिना अगाडि व्यवसायिक कृषि गरिरहेका किसानहरुलाई अनुदान दिने हेतुले आव्हान गरिएको अवधारणा पत्र पेश गर्ने कृषक समूह, कृषि सहकारी संस्था, निजी संस्थाहरुले आब्हान गरिए बमोजिम नै तरकारीखेती, दुग्ध पदार्थ, मासु  मासुजन्य पदार्थ, अदुवा,कफी, पुष्प, माछा र अलैची गरी आठ वटा मूल्य श्रृखलामा आधारित व्यवसायिक कृषिका लागि अवधारणा पत्र पेश गर्ने अन्तिम मिति पौष २२ गतेसम्ममा ७७४ र त्यससँग सम्वन्धित गरी तीन हजार भन्दा बढी अवधारणापत्र दर्ता भएको व्यवसायिक कृषि तथा व्यापार आयोजनाले जनाएको छ । विश्व वैकको आर्थिक सहयोगमा २०६६ सालदेखि सञ्चालनमा आएको सो आयोजना २०७५ सालसम्म रहने छ  । २५ जिल्लाबाट शुरु भएको सो आयोजना यसै बर्षबाट ७५ जिल्लामा लागूभएपछि व्यवसायिक रुपमा कृषि गर्ने किसानहरुमा उत्साह जागेको आयोजना निर्देशक योगेन्द्रकुमारकार्कीले कृषिसँग बताए । आयोजना निर्देशक कार्कीका अनुसार विगत ४ बर्ष आयोजना सञ्चालन भएदेखि नै उत्साहित भएका किसानहरु अवधारण पत्र पेश गर्ने क्रममा निकै उत्साह देखिएको छ । यसले नेपाली कृषिलाई व्यवसायिकता गराउने काममा ठूलो महत्वपूर्ण भूमिका खेल्ने बताउँदै युवा पुस्ता बढी सक्रिय  रहेको समेत काकीले बताए ।

प्रकाशित मिति: आइतवार, पुस २८, २०७०