शुक्रबार, चैत्र १६, २०८०

विषादी प्रयोग न्यूनिकरण अभियानमा कलाकार पनि

काठमाडौ, मंसिर । “घातक विषादीको प्रयोग निमूर्लकरण गरौं, आफ्नो र भावी सन्ततीको रक्षा गरौं” भन्ने मूल नारा सहित विषादी प्रयोग मुक्त सप्ताह आजबाट मुलुकभर शुरु भएको छ । घातक विषादी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर खालका असर पु¥याउने जान्दै जान्दै पनि विषादी प्रयोगको न्यूनिकरण भने क्रमश हुंदै गईरहेको छ ।
तरकारी तथा फलफूलबालीमा बढ्दो विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा घातक रोग बढ्दै गएपछि घातक रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्नका यतिखेर रङ्गकर्मीहरु पनि जुटेका छन् । कुसुम नाट्य समूह काठमाडौंका कलाकारहरु विषादी विष हो औषधी होइन शीर्षकको नाटक लिएर काठमाडौंका तरकारी बजार बजार पुगेका छन् । समूह कलाकारहरु विष्णुभक्त फुंयाल रमेश केसी मट्टारे, मञ्जु श्रेष्ठ, राजेन्द्र गड्तौला, बासु खनाल, सन्तोष खनाल, शुशिला अर्याल, पुष्प अवस्थी लगायतका टोलीले ललितपुरको जावालखेलमा आज सो नाटक प्रर्दशन सम्पन्न गरेका छन् । केही समय अगाडि सो नाटक मञ्चन गर्दै कलारकारहरु किसानका घरदैलोमा नै पुगेका थिए । जावालाखेलमा विषादी विरुद्धका नाटक प्रर्दशनमा भेटिएका चर्चित हांस्य कलाकार विष्णुभक्त फुंयालले हामीले हरेक दिन घरमा विष भित्र्याईरहेका छौं । त्यो विष किसानका खेतबारीबाट हरेक नेपालीको भान्छामा पुगेकोले किसानहरुलाई विषादी प्रयोग न्यूनिकरण गर्नका लागि आफूहरुले यो सचेतना कार्यक्रम प्रर्दशन गरेको बताए । news-photo-drama
अर्का कलाकार एवं नाट्य समूहका वरिष्ट कलाकार रमेश केसी मट्टारेले नाटकका पात्रहरुले सचेतना गराउने काम गरेपनि त्यसका लागि कडा कानून नै ल्याउनु पर्ने बताएका छन् । उनले विषादी वितरण प्रणालीलाई बैज्ञानिक र प्रांगारिक विषादी उत्पादन र प्रयोगका सरकारले जोड दिनु पर्ने समेत बताए । विषादी प्रयोग न्यूनिकरण गर्नका लागि किसानसम्म सचेतना कार्यक्रमहरु पुग्नु पर्ने र किसान लक्षित कार्यक्रम नै सञ्चालन गर्नु पर्नेमा नाटक लेखक एवं निर्देशक रङकर्मी विपी भण्डारीले बताए ।

विषादी प्रयोग नगर्न किसानहरुलाई जागरुक गराउन सके उपभोक्ताहरुले पनि स्वच्छ तरकारी तथा फलफूल उपभोग गर्न पाउने छन् । पछिल्लो समयमा किसानहरुले तरकारी बालीमा विषादीको प्रयोग अत्यधिक गर्न थालेपछि विभिन्न निकायहरु किसानहरुलाई जागरुक गराउने अभियानका जुटेका छन् । किसानहरुलाई रासायनिक विषादी प्रयोगका कारण हुने हानी नोक्सानी, स्वास्थ्यमा पर्ने असर र त्यसले पार्ने दीर्घकालिन रोगहरुका बारेमा समेत सचेतना जगाउने काममा कृषि उत्पादन हुने क्षेत्रमा नै पुग्नु पर्ने नाटक हेरिरहेका दर्शकहरुको भनाई छ ।
विषादी प्रयोग मुक्त सप्ताहको कृषि मन्त्री गौरी शंकर चौधरीले सो बाली संरक्षण निर्देशनालयले आयोजना गरेको प्रभातफेरिमा सरिक भएका थिए । मन्त्री चौधरी हरिहरभवनबाट शुरु भई पुल्चोक, जावालाखेल हुंदै पुन सोही मार्ग भएर बाली संरक्षण निर्देशनालयको प्रांगणसम्म सहभागी भएका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७३