मङ्लबार, बैशाख ४, २०८१

विषादी प्रयोग जाँच कालीमाटी मै

काठमाडौं ६, माघ । सरकारले विषादी प्रयोग गरिएका हरिया तरकारीहरु विक्री रोकथाम गर्नका लागि पहल शुरु गरेको छ । काठमाडौं उपत्यकाभित्र तरकारीको विक्रीको मुख्य केन्द्र विन्दु मानिएको कालीमाटी तरकारी बजारमा   विक्री वितरण गर्न ल्याएका हरिया तरकारीलाई कालीमाटी भित्रै विषादी प्रयोग भए नभएको चेकजाँच गरेर मात्र विक्रीका लागि स्वीकृत दिने तयारी गरिन लागिएको बताएको छ । tarkari
विषादी भए नभएको जाँच गर्नका लागि आवश्यक प्रविधि ल्याउन लागि लागिएको र एक दुई महिनाभित्रैबाट त्यसलाई कार्यान्वयन गर्न लागिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले कृषिलाई वताउनु भएको छ ।
विषादी प्रयोग गरिएका तरकारी विक्री हुन थालिएको प्रचार प्रसार भएका भए पनि चर्चा भए जस्तो नभएको शर्माले बताउनु भयो । बजारमा विक्री गर्न राखिएका तरकारीहरुमा केही मात्रामा मात्र विषादी प्रयोग अनुसन्धानका क्रममा फेला परेको समेत उहाँले बताउनु भयो । बाली संरक्षण निर्देशनालयले विषादी प्रयोग न्यूनिकरण गर्नका लागि किसानहरुमा जनचेतना अभिबृद्धि गर्ने कामलाई पनि सक्रिय तुल्याएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति: सोमवार, माघ ६, २०७०