शुक्रबार, बैशाख ७, २०८१

विषादी परीक्षणबारे तीन दिनभित्र जवाफ बुझाउनु पर्ने

काठमाडौं, असार । प्रतिनिधि सभाको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द र भन्सार विभागसँग आयातीत तरकारी र फलफूलमा विषादीको अवस्थाबारे तीन दिनभित्र जवाफ मागेको छ ।
समितिले ३ दिन भित्र यथार्थ विवरण मागे पछि विषादी व्यवस्थापन केन्द्र र भन्सार विभागले शुक्रबारै विवरण पठाउने प्रतिवद्धता जाहेर गरेका छन् । केन्द्रका प्रमुख र भन्सार विभागका महानिर्देशकलाई समितिले बोलाएर विवरण माग गर्दै त्यही नै पत्र बुझाएको थियो ।
सरकारले विषादी परीक्षण गर्न आदेश जारी गरेको मिति असार २ गतेदेखि २० गतेसम्म र त्यसपछिको अवस्था र अहिले फलफूल तथा तरकारी आयात गर्न दिएको वा नदिएको बारे जवाफ मागिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६