बिहिबार, चैत्र १५, २०८०

विषादि प्रयोग घटाउनुको विकल्प छैन

 -विष्णुलाल श्रेष्ठ,
उत्पादन बढी लिने महत्वाकाँक्षाले रोग नलागोस् भन्ने उद्देश्यका साथ तरकारीमा विषादि प्रयोग गर्ने चलन आजको होइन । धेरै वर्ष पहिलेदेखि खाद्यान्न बाली र तरकारीमा विषादि प्रयोग गरिँदै आएको छ । नेपालमा यसको प्रयोगले धेरै खालका रोगले नेपाली जनतालाई मृत्युको मुखमा पु¥याएको छ । ज्ञानको अभावले पनि कृषकहरु आफ्ना खेतबारीमा विषादिको प्रयोग बढी गर्ने गर्दछन् । केही समयका लागि यसले फाइदा दिए पनि पछिसम्मकाvice-president-bl2 निमित्त दीर्घकालीन रुपमा नोक्सान बढी देखिएको छ । पुरानो जमानाको कुरा गर्ने हो भने खेतबालीमा किरा, गोवारो, लाइ आदि रोग लाग्दा किसानहरु घरेलु औषधिको प्रयो गर्ने गर्थे । आजको जस्तो ती औषधि तुरुन्तै प्रभावकारी नभए पनि दीर्घकालीन रुपमा त्यसले रोकथाम गरेकै थियो । किसानलाई र उपभोक्तालाई त्यसले असर पनि पार्दैनथ्यो पनि ।
खेतबारीमा मलका निमित्त असुरो, तितेपाती, सजिवन आदि प्रयोग गर्ने गरिन्थ्यो । यसले गर्दा उत्पादन र परिमाण पनि राम्रो लिन सकिन्थ्यो । आफ्ना घरमा पालेका गाई भैैंसीको मल अपर्याप्त भएपछि यसरी रुख बिरुवालाई मलको रुपमा उपयोग गरिन्थ्यो । सवैका घरमा पशुपालन गर्ने प्रचलन थिएन । सक्नेले गाई वस्तु पाल्थे भने नसक्नेले आफ्ना खेतबारीका लागि यसरी नै विभिन्न खालका रुखका पात, हाँगा बिँगा कुहाएर मलका रुपमा उपयोग गर्थे । यसले मानिसलाई असर पार्दैनथ्यो । बर अर्को वर्षको लागि अझ बढी उत्पादन दिने गर्दथ्यो । सदियौंदेखि यो प्रविधि प्रयोगमा आएको हो । आजको रसायनिक मलले तुरुन्तै बोट, बिरुवा र खेत बारी हलक्कै नबढे पनि यसबाट मानिसलाई हानी भने पु(याएको थिएन । अ्हिलेको जस्तो उति बेला खेतबारीमा प्रयोग गरिएका अर्गानिक मलले भने जति परिमाणमा उत्पादन लिन नसकिए पनि प्राणघातक रोग भने भित्रिएको थिएन । तर आज त्यस्तो छैन । खेतबारीमा प्रयोग गरिने विषादिले किरा र विभिन्न रोगबाट उत्पादनलाई त बढायो, रोगले गर्दा धेरै फल नोक्सान हुन पाएन, नाफा बढी लिन सकियो । तर त्यसले रोग निम्त्याउँदा मानिस विभिन्न रोगले ग्रसित छन् । क्यान्सर जस्तो घातक रोग लागेर रोगीलाई मात्र होइन परिवारलाई नै चिन्तित बनाएको छ ।
विविध खालका किरा र रोगलाई नास गर्न हिजो आज अनेक किसिमका विषादि औषधि प्रयोगमा आउने गरेको छ । उत्पादन राम्रो लिन सकिए पनि अन्ततोगत्वा किसान लगायत उपभोक्ताई यसले स्लो प्वाइजन दिइरहेको छ । मानिसलाई थाहा छैन, आफूले उपभोग गरेका खाद्यान्नदेखि तरकारी लगायतले स्वास्थ्यलाई कति हानी नोक्सानी पु(याइरहेको छ भनेर । रोग लागिसकेपछि मात्र त्यसको उपचारका लागि खेत(बारी बेच्छन्, परिवार ऋणमा डुब्छन् । सानो गल्तिले ठूलो र घातक परिणाम भोग्नु पर्ने विवशता छ हामीकहाँ । सरकारले किसानले राम्रो फसल पाउँछन्, उत्पादन बढी लिन सकिन्छ भन्ने उद्देश्यले विषादि आयातमा रोक लगाएन । सरकार आफैं अग्रसर भएर विषादि आयात गर्न तम्सियो । तर आज त्यही विषादिको थुप्रोले अफ्नै टाउको दुखाएको छ । ठूलो परिमाणमा विषादिको थुप्रो लागेपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने र नष्ट गर्ने भन्नेतिर सरकार लागि पर्दा पनि त्यसको उपाय भेटिएको भने छैन ।
कृषि सामग्री संस्थानमार्फत ठूलो परिमाणमा आयात गरिएका विषादि अहिले सरकारलाई नै घाँडो भएको छ । अन्य देशहरुले आफ्नो भूमिबाट पन्छाएका विषादि ल्याउँदा उल्टो झञ्झट बेहोर्नु परेको छ । कतिपय ठाउँका किसानले विषादि भन्दा अन्य उपायबाटै रोग नियन्त्रण गर्न थालेपछि यसको प्रयोग घट्दै गयो । फलस्वरुप विषादि थुप्रिँदै जान थाल्यो । सरकारले विषादि नष्ट गर्न सकेको छैन । आफ्नै कारणले अहिले विषादि कसरी नष्ट गर्ने भन्ने चिन्तामा स्वयं सरकार छ । देश बाहिरबाट विज्ञहरु नल्याइकन विषादि नष्ट गर्न सकिने संभावना छैन ।
खासगरी तरकारीमा किराले आक्रमण नगरोस् र उत्पादन बढी लिन सकियोस् भन्ने उद्देश्यका साथ विषादिको प्रयोग हुन थालेको हो । विभिन्न खालका तरकारी बजारसम्म आइपुगेर एक हप्ता बित्दा पनि ताजा नै देखिने र उपभोक्ताहरु लोभिनाले कृषकहरु विषादि प्रयोग गर्न उत्साहित भएका हुन सक्छन् । लामो समयसम्म ताजा देखिने त्यस्ता तरकारीले मानिसको स्वास्थ्यमा गंभीर असर पारेको कुरा धेरै पटक संचार माध्यममाफर्त बाहिर आइसकेको छ । खेत बारीमा तरकारी रोपेर गोडमेल गर्नुअघि नै विषादिको प्रयोग गरिन्छ । किरा नष्ट गर्न सकिने अन्य घरेलु औषधिप्रति जनताको पूर्ण विश्वास नभएरै विषादिको प्रयोग बढेको हो । तरकारी फल्नु अघि र फलसिकेर नटिप्दासम्म पनि त्यसमा विषादि प्रयोग गरिन्छ । टिपी सकेर पनि एक हप्तासम्म ताजा नै देखिन्छ । टिप्नु केही दिन अघि पनि विषादिकै प्रयोग गरेर तुरुन्त बजारसम्म पु¥याइन्छ । उपभोक्ता अज्ञानता र ताजा तरकारीतर्फ आकार्षित भएर नै विषादिले रोग निम्तिन पुग्छ । यिनै कुराहरु बुझेर होला हिजो आज उपभोक्ताहरु बजारमा तरकारी छान्दा किरा लागेको र पहेंलिएका छान्ने गर्छन् । त्यसमा पक्कै पनि विषािद प्रयोग गरिएको नहोला भन्ने अनुमान लगाउँछन् ।
विषादि प्रयोग गरेको तरकारी उपभोग गर्ने उपभोक्ता र विषादि छर्ने कृषकहरुलाई क्यान्सरले सताएका खबरहरु सार्वजनिक भइरहेका छन् । हिजोका दिनमा राम्रो र आकर्षक खाद्यान्न एवं तरकारीले लोभ्याउँदा उपभोक्ता एवं किसान आज रोगले ग्रसित छन् । यसका लागि उपभोक्ता जागरुक नहुने हो र यस्ता विषादिको आयातमा प्रतिबन्ध लगाउन अग्रसर नहुने हो भने यसले अबका दिनमा भयावह स्थिति नल्याउला भन्न सकन्नि । जनता अब सचेत हुनु जरुरी छ । सरकारले पनि विषादिको विकल्पमा जडिबुटि, घरेलु औषधि र रोग नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गर्नेतिर सचेत गराउनु जरुरी छ । जनता र राज्य विषादिको प्रयोग घटाउने र अन्य विकल्प सोच्नेतिर लाग्नु हतारो भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७३