मङ्लबार, चैत्र ६, २०८०

विभिन्न नाकाबाट अवैध रुपमा भारतीय कुखुरा भित्रँदै

नेपालगञ्ज, भाद्र । पछिल्ला केहि दिन यतादेखि भारतबाट अवैध कुखुरा आयात हुन थालेका छन् । भारत र नेपालको विभिन्न जिल्लाका सीमावर्ती ठाउँबाट अवैध रुपमा कुखुराहरु नेपाल भित्रिएका छन् । सरोकारवाला निकायले ध्यान दिन नसक्दा अवैध कुराहरु भित्रिएका हुन् ।
यसरी अवैध कुखराहरु विभिँदा वर्डफ्लु जस्ता विभिन्न रोगहरुको जोखिम बढ्दै गईरहेको छ । यसै क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले नेपालगञ्जमा पनि रामद गरेको छ ।
प्रदेश नं ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेपनि अवैध कुखुराहरु नेपाल भित्रने क्रम नरोएिको पुष्टि गरेको छ ।
भारतीय पक्षीजन्य वस्तु आयातमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । भारतमा सस्तो दरमा उपलब्ध हुने भएकाले ब्रोइलर चल्ला र कुखुरा अवैध रूपमा नेपाल भित्रिने गरेको छ । नेपाल अण्डामा आत्मनिर्भर भएको भनिरहँदा र मासुमा आत्मनिर्भरको नजिक पुगिरहेको बताईरहँदा यसरी भारतबाट अवैध रुपमा आईरहेको कुखुराका कारण समस्या पर्ने देखिन्छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५