शुक्रबार, चैत्र १६, २०८०

विदेशी लगानीले कृषिको विकास नहुने : गजुरेल

काठमाडौं, जेठ । कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेलले कृषि क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले गरेका कार्यहरुमा पटक पटक प्रश्न उठाउनु परेको खुलासा गरेका छन् । स्वीस सरकारको सहयोगमा नेपाल कृषि प्रसार विकास कार्यक्रम तथा नेपाल कृषि बजार विकास कार्यक्रमको शुरुवात गर्नका लागि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गजुरेलले सो कुरा बताएका हुन् । sdc
विगतका बर्षहरुलाई हेर्ने हो भने अन्तर्राष्ट्रिय गैरसरकारीहरुले कृषि क्षेत्रमा काम गरेको भएपनि आफूलाई सरकारले भन्दा माथि ठान्ने प्रबृत्ति देखिएको उनको आरोप थियो । अहिले जति पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काम गरिरहेका छन् ती ती सवै उनीहरुले नै अगुवाई गरेको जस्तो देखिएको र नेपाल सरकारको उपस्थितिलाई गौण बनाएने गरेको गुनासो समेत उनले गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गजुरेलले नेपाल जति विदेशी सहायतमा कृषिमा लगानी भयो त्यसले प्रभावकारी रुपमा काम गर्न नसकेको समेत बताए । कृषिमा जुन प्रकारको गुणात्मक सुधार हुनु पर्ने हो त्यो नभएको भन्दै कृषिमा गुणात्मक सुधार हुने गरी कार्यक्रम किसानसम्म पुग्नु पर्ने उनको धारणा थियो । जवसम्म कृषि क्षेत्रमा परिवर्तन देखिंदैन तवसम्म कृषि क्षेत्रको विकास भयो भन्नु गलत भएको हुने धारणा राखे ।
सरकारलाई गौण राखेर गरिने कुनै पनि कार्यक्रममा जतिसुकै विदेशी अनुदान, सहायता वा लगानी भएपनि कृषि विकास नहुने उनको तर्क थियो । मन्त्री गजुरेलले स्वीस सरकारले जिरीमा गरेको लगानीका बारेमा चर्चा गर्दै ठूला आयोजनाहरु नेपाल सरकारले चलाउन गाह्रो भईरहेको समेत उल्लेख गरे ।
स्वीस सरकारले सञ्चालनमा ल्याउन लागिएको दुई परियोजना कृषि विकास मन्त्रालयकै योजना अनुरुप देखिएकोले कार्यक्रमले सफलता हासिल गर्न सक्ने र किसानमय हुन सक्नेमा विश्वास समेत लिएका थिए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ११, २०७३