शुक्रबार, चैत्र १६, २०८०

वनमारा झारले किसान समस्यामा

सुर्खेत, १ फागुन । दिनानुदिन झाँगिदै गएको वनमारा झारका कारण दैलेखका किसान समस्यामा परेका छन् । वनमारा झारले बारीको सबै घाँस सखाप पारेपछि किसानलाई समस्या भएको हो । खेतबारी, गराका कान्ला, डिल, छेउ, कुनासहित ठाउँमा वनमारा झार फैलिँदै जाँदा गाई, भैँंसी, घोडा, भेँडा, बाख्रालगायतलाई खुवाउने घाँस देखिन छोडेको भैरवी गाउँपालिका–७ कुसापानीका रत्नप्रसाद गौतमले जानकारी दिए ।
जिल्लाको कुसापानी, चामुण्डा, विसाला, लकान्द्रा, काँसीकाँध, पिपलकोट, सिगासैन, बाँसीलगायत ठाउँमा वनमारा झारले किसानलाई समस्यामा पारेको छ । वनमारा झारका कारण पशुपालनमा निर्भर किसानलाई सास्ती भएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १, २०७४