शुक्रबार, चैत्र १६, २०८०

लीलाराम पौड्यालको विदाई

LL

काठमाडौं ६, माघ । कृषि विभागका महानिर्देशक लीलाराम पौड्यालको उमेर हदका कारण भोलीबाट अवकाश प्राप्त गर्ने भएपछि कृषि विभागका कर्मचारीहरुले पौड्याललाई भव्य रुपमा विदाई गरेका छन् । विभागको सभाकक्षमा आयोजित विदाई कार्यक्रममा उपमहानिर्देशक सुरेशबाबु तिवारी, वीरेन्द्र बहादु हमाल, बाली निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्मा, मध्यमाञ्चल कृषि कार्यालयका निर्देशक लेखनाथ आचार्य, कृषि सूचना तथा सञ्चार केन्द्रका निर्देशक ईश्वर रिजाल एवं विभिन्न निर्देशनालयका कार्यक्रम निर्देशक समेतले पौड्याललाई रातो अविर र माला लगाएर विदाई गरेका थिए । विदाई कार्यक्रममा कृषि विभाग मातहत कार्यालयका अधिकांश कर्मचारीहरुको उपस्थित रहेको थियो ।
२०३८ सालमा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (हालको) बाट जागिरे जीवन शुरुवात गरेका पौड्यालले जाजरकोट, दैलेख, सुर्खेत लगायतका विकट जिल्लामा समेत कृषि विकास अधिकृतका रुपमा कार्य सम्पन्न गरेका थिए । अत्यन्त सरल स्वभाव रहेको पौड्यालको विदाई गर्दा आफूहरुमा खिन्नता छाएको निमित्त महानिर्देशक सुरेशबाबु तिवारीले बताउनु भयो ।

प्रकाशित मिति: सोमवार, माघ ६, २०७०