शुक्रबार, चैत्र १६, २०८०

लाखौँ रकम खर्चेर विदेशमा दुःख गर्न किन जानु

नेपालगन्ज, १४ फागुन । बाँके जिल्ला चिसापानी गाविस–१ का एक कृषक अहिले बाँके जिल्लाकै लागि उदाहरणीय हुनुभएको छ । करिब डेढ वर्षअघि आफ्नो गाउँमा गाईपालन व्यवसाय सुरु गर्नुभएका कृषक पुनितविक्रम शाहको गाईपालन फार्मबाट उत्पादन हुने दूधले धेरै हदसम्म जिल्लाको दूधको गर्जो पनि धानेको छ । जर्सी, हलस्टिल र सैपाल गरी तीन जातका गाई पाल्नुभएका कृषि व्यवसायी शाहको फार्मबाट मासिक रु चार लाख आम्दानी हुने गरेको छ । “लाखौँ रकम खर्चेर विदेशमा दुःख गर्न किन जानु, त्यति रकमले त आफ्नै गाउँमा पनि व्यवसाय गर्न सकिन्छ नि,” उहाँको थप भनाइ थियो – “काममा लाज मान्नु हुँदैन, खराब काम गर्न पो लाज मान्नु पर्छ ।” सुरुमा केही लाख रकमको लगानीबाट सुरु गरिएको शाहको फार्ममा अहिले चार जनाले रोजगारीसमेत पाएका छन् । कृषि

प्रकाशित मिति: बुधबार, फाल्गुन १४, २०७०