शुक्रबार, चैत्र १६, २०८०

रौटहट २५ हजार विघा धानखेती डुवानमा, ३ सय माछा पोखरी बगायो

काठमाडौं, साउन २८ । लगातार परेको बर्षाका कारण रौतहट जिल्लाको कृषि क्षेत्रमा अत्यधिक क्षति पुगेको छ । रौतहटह जिल्लामा अहिलेम्म २५ हजार विघा धानखेतीमा डुवानमा परेको जानकारी छ । जिल्लामा बजार उत्पादन गरिएको ४ सय विघा क्षेत्रफलमा रहेको तरकारी बाली समेत डुवानमा परेको छ भने ३ सयभन्दा बढी विघाको तरकारी नष्ट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसैगरी रौतहटमा अहिलेसम्म ३ सय ५० विघा क्षेत्रफलमा गरिएको व्यवायिक माछा पालनमा बाढी पसिसकेको क्षेत्रीय कृषि निर्देशनालय मध्यमाञ्चलका क्षेत्रीय निर्देशक मिनबहादुर बुढाथोकीेले जनाएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७४