शनिबार, बैशाख ८, २०८१

रासायनिक मल विस्तारै विस्थापित गर्न सकिन्छ

rabi shresth
रविकृष्ण जोशी
प्रवन्ध निर्देशक
एशियन जैविक मल उद्योग

० नेपालमा जैविक मलको प्रयोगको अवस्था के छ ?
पछिल्ला वर्षहरुमा जैविक मल प्रयोग गर्ने किसानहरुको सख्या बढ्दै गएको छ । नेपालमा जैविक मलको उत्पादन प्लाण्ट राख्नका लागि सरकारले अनुदान दिईराखेका कारणले पनि उद्योगहरु निकै वढि राखेका छन् । तर जैविक मलको अवस्था हेर्ने हो भने हिजो हामीले १३ वर्ष विदेशबाट आयात गरेको अवस्था र अहिलेको अवस्थामा धेरै नै फरक देखिएको छ । त्यस बेला जैविक मल विक्री गर्न निकै गाह्रो थियो । अहिलेको अवस्था किसानहरु पनि चेतनशील भएका कारण पनि रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थाल्नु भएको छ । किसान मात्र नभएर किचेन गार्डेन बनाउनु हुनेहरुले यो मल प्रयोग गर्न थाल्नु भएको छ । यसले के देखाउछ भने भने जैविक मल अहिले हजार गुणा बढीले विक्री हुनुले जैविक मलको उत्पादन र विक्रीका हिसावले पनि भविष्य राम्रो देखेको छु ।
० अहिले नेपालका जैविक मल उत्पादन शुरु भएका छन्, नेपालको जैविक मल र अहिलेसम्म विदेशबाट आयातित जैविक मलमा फरक के छ ?
विदेशबाट आयातित भन्दा नेपालका उत्पादित जैविक मल धेरै नै सस्तो हुन्छ । प्रयोगका लागि पनि महत्वपूर्ण हुन्छ । विदेशमा उत्पादन हुने जैविक मल जसरी वैज्ञानिक तरीका अपनाएका छन् त्यो हामी पनि अपनाउनु सक्छौं । त्यो भएका कारणल आयात गर्नु भन्दा यही उत्पादन गर्ने हो भने गुणस्तरका हिसावले र मूल्यका हिसावले पनि किसानहरुलाई सस्तो पर्ने गर्दछ । आयातित मलमो ढुवानी खर्च, डलरको भाउको उतारचढाव, कण्टेनरको भाडा सवै जोड्नु पर्ने हुन्छ भने स्वेदशमा नै उत्पादन भएका जैविक मलमा त्यो समस्या आउँदैन । त्यसमाथि पनि अहिले सरकारले स्वदेशमा उत्पादित जैविक मलमा रु. १० प्रति केजी अनुदान समेत उपलब्ध गराएकोले लोकप्रियता पनि नेपाली मलकै हुन थालेको छ ।
० नेपाली जैविक मलको गुणस्तर हुन्न भन्छन् नि त ?
होइन । हामीकहाँ पनि राम्रो वैज्ञानिकहरु हुनुहुन्छ । त्यही राम्रा वैज्ञानिकहरुले नै मल उत्पादन गर्ने हो । तर के भने नेपाली वैज्ञानिकले विदेशमा उत्पादन गरेको ठिक नेपालमा उत्पादन गरेको वेठिक कहिल्यै पनि हुँदैन । कसैले गलत ग¥यो भन्दैमा सवैलाई एकै ठाउँमा राखेर हेर्नु पनि हुँदैन । नेपालमा उत्पादन हुने जैविक मल गुणस्तरयुक्त छ । किसानहरुको रोजाईमा छ भनेर हामी भन्न सक्छौं । त्यसैले हामीले अहिले एशियन जैविक मल उद्योग स्थापना गरी नेपालमा नै उर्जा ब्राण्ड दिएर गुणस्तरीय जैविक मल उत्पादन गरिरहेका छौं ।
० विगतमा नेपालमा उत्पादन र वितरण भएका जैविक मलकै कारण मल कारखाना चलेनन् भन्ने सुनिन्छ तर पनि तपाईहरुले मल कारखाना सञ्चालन गरिरहनु भएको छ किन ?
मैले १२ वर्षदेखि थाईल्याण्डबाट आयात गरी क्वेन थोङ् जैविक मल वितरण गरिरहेको छु । कृषि विकास मन्त्रालय, विभाग, नार्क, जिल्ला कृषि विकास कार्यालयदेखि किसानहरुसम्मले विगतमा त्यो मलको गुणस्तर कै कारणले १२ बर्षसम्म चलेको हो । त्यो विश्वास जित्न सक्नु पर्दछ । किसानहरुलाई मलको गुणस्तरको विश्वास हुनु आवश्यक छ । क्वेन थोङ् जैविक मलको गुणस्तरको विश्वासको अवधारणाले नै मैले अहिले उर्जा जैविक मल उत्पादन शुरु गरेको हो । जुन कारखाना मोरङमा छ । गत वैशाख ९ गतेबाट शुरु गरेको कारखाना अहिले चैत्र ९ गतेबाट मात्र विधिवत रुपमा सञ्चालन गरिरहेका छौं । मलको उत्पादन पश्चात दुई तीन जना किसानको खेतमा हामीले हाम्रो मलको परिक्षणका रुपमा हेरि पनि सकेका छौं । नेपाल सरकारको नीति अनुरुप नै २ वर्ष मलको गुणस्तर परिक्षण गरेर हामी किसान समक्ष उर्जा जैविक मल लिएर आउने छौं ।
० आयातित गरेर जैविक मल बेचिरहनु भएको व्यक्ति किन आफै मल उत्पादनमा लाग्नु भो त?
ठिक कुरा उठाउनु भो । हिजो हामीले थाईल्याण्डबाट मल आयात गरी विक्री गर्दा ३५ रुपैया“ प्रतिकजी थियो भने अहिले त्यो ६० रुपैयाँ पुगिसकेको छ । मूल्यको हिसाव गर्ने हो भने किसानहरुले त्यो मल प्रयोग नगर्ने अवस्था आईसक्यो । अहिले नेपाली उत्पादनलाई सरकारले अनुदान उपलब्ध गराईरहेको छ । ३० रुपैयाँको मल किसानहरुले २० रुपैयाँमा हुन्छ । नेपालमा उत्पादन भएको गुणस्तरीय मल ३० रुपैयाँमा पाउँदा पाउँदै विदेशबाट आयात गरेको मल ६० रुपैयँँ हालेर किसानहरुले किन्ने अवस्था नै आउँदैन । त्यसकारण थाईल्याण्डबाट आयात गर्ने मल कै गुणस्तरमा सस्तो उत्पादन नेपालमा नै गर्न सकिने भएकाले आफैले उर्जा जैविक मल उत्पादन गर्न थालेको हो । अहिलेसम्म प्रमाणिकरण गरेका छैनौ त्यो हामी प्रमाणिकरण गरेर किसानसम्म पु¥याउँछौं । मेरो हिजोदेखिको किसानसँगको सहकार्य विश्वासलाई नेपालमा नै उत्पादन भएको उर्जा मलबाट फेरि जोड्ने विचार गरिरहेको छु ।
० त्यसो भए जैविक मल उत्पादनका लागि अनुदान हात पारिसक्नु भयो ?
छैन । अनुदान हात पार्नका लागि यति धेरै लगानी गरेर किन शुरु गरिन्थ्यो र ? मैले एकदशक भन्दा बढी समय जैविक मलकै लागि लागिरहेका व्यक्ति भएका कारण पनि स्वेदशमा नै उत्पादन गर्न चाहेको हुँ । म अहिले नै अनुदान लिने पक्षमा छैन । हाम्रो कम्पनीले उत्पादन गरेको मल गुणस्तरीय भएपछि किसानहरुले मन पराएपछि सरकारले आफ्नो तर्फबाट गर्नु दायित्व पूरा गर्नेछ भन्नेमा म विश्वस्त छु । अहिले भनेको विश्वासका साथ काम गर्ने र किसानहरुको हि तगर्दै उहाँहरुको मन जित्ने हो ।
० सरकारले जैविक मल उत्पादनका लागि जति कुरा मुखले गर्दछ त्यो व्यवहार लागू भएको छैन भन्ने गुनासो पनि त सुनिन्छ नि हो ?
विगतमा सरकारले जैविक मल उत्पादन गर्नका लागि प्लाण्ट खरिद गर्नका लागि जसरी ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो र अहिले पनि नेपाली उत्पादनलाई प्रति केजी दश रुपैयाँका दरले अनुदान दिईरहनुलाई नराम्रो भन्न सकिँदैन । यो व्यवसाय भनेको सेवामुखी पनि नाफामुखी पनि हो । पहिले हामीले किसानहरुलाई सेवा दिनु पर्दछ । त्यसपछि मात्र नाफाको कुरा आउनु पर्ला जस्तो लाग्छ । सरकारी नीति के छ भन्दा पनि कृषि उत्पादन गर्ने किसानहरुको अवस्था हितका पक्षमा कानून ल्याउन सक्यौ भने अति नै उत्तम हुन्छ ।
० त्यसो भए रासायनिक मललाई विस्थापिन गर्ने सकिन्छ ?
रासायनिक मल प्रयोगलाई विस्तारै विस्थापित गर्न सकिन्छ भन्ने कुरामा म ढुक्क छु । हामीले प्राँगारिक मल उत्पादनका लागि तोकिएको मापदण्ड बमोजिम उत्पादन बढाउँदै जाने र किसानहरुलाई समेत खेत बारीमा जैविक मल नै प्रयोग गर्न सिकाउनु पर्दछ । किसानहरुले प्रयोग गरेपनि स्वभाविक रुपमा रासायनिक मल विस्थापित हुन्छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, चैत्र २१, २०७३