बिहिबार, बैशाख १३, २०८१

रासायनिक मल किन्दा १ अर्व घाटा हुने

काठमाडौं, चैत्र । कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्न लागेको मलका कारण राज्यलाई १ अर्व घाटा हुने भएपछि संसदको कृषि तथा जलश्रोत समितिले अष्ट्रेलियन कम्पनी लोबाना ट्रेडिङ्गसंग मल खरिद नगर्न निर्देशन दिएको छ । छ बर्ष अगाडि लोवाना कम्पनीले कृषि सामग्रीलाई ३० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने टेण्डर पाएको थियो ।
टेण्डर प्रक्रिया नियम अनुरुप सम्झौता गर्न नआएपछि सो कम्पनीको धरौटी जफल गर्ने निर्णय कम्पनीले त्यस बेला नै गरेको थियो । कम्पनीले धरौटी जफत गर्ने भएपनि सो कम्पनीले पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो । पछि अदालतको फैशलाले सोही कम्पनीसंग रासायनिक मल खरिद गर्न आदेश पछि मल भित्रको विवाद अझ बढेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य घटिरहेको अवस्थामा पुरानै मूल्यमा मल खरिद गर्न लागेको समाचार कृषि अनलाईनले गत महिना प्रकाशित समेत गरेको थियो । ६ बर्ष अगाडि सन् २०११ मा प्रतिमेट्रिकटन ५६५ अमेरिकी डलरमा सम्झौता भएको थियो । तर अदालतको फैसलाको समयमा भने मलको मूल्य घटेर ३२५ मेट्रिकटनमा झरेको थियो । जुन मूल्य अहिले कायमै छ ।
करीव ४० प्रतिशत मूल्य कम भएको अवस्थामा सो कम्पनीसंग पुरानै मूल्यमा रासायनिक मल किन्दा कृषि विकास मन्त्रालयलाई १ अर्व घाटा पर्ने देखिएको थियो । मल किन्न तयारी गरिरहंदा वर्तमान कृषि मन्त्री गौरी शंकर चौधरी र राज्यमन्त्री राधिका तामाङ्गवीचमा पनि मनमुटाव परेको श्रोतले बताएको छ । कृषि मन्त्री चौधरीले अदालतलेको आदेश पछि पुरानै मूल्यमा मल खरिद गर्ने पक्षमा देखिएको तर राज्यमन्त्रीले घटेको मूल्यमा भएमात्र मल गरिद गर्नु पुरानो मूल्यमा किन्न नहुने तर्क अगाडि सारेपछि मल खरिद प्रक्रियामा देखिएको थियो ।
रासायनिक मल खरिद प्रक्रिया विवादमा बढ्दै संसदको कृषि तथा जलश्रोत समितिमा पुगेको थियो । चैत २ गते बसेको कृषि समितिको वैठकले राज्यलाई १ अर्व घाटा हुने भएकाले लोवान कम्पनीसंग मल खरिद सम्झौता तत्कालका लागि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले अर्को वैठकमा मल खरिद प्रक्रियाका बारेमा दुवै पक्षलाई बोलाएर छलफल गरिने कृषि तथा जलश्रोत समितिको सभापति मोहनप्रसाद बरालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र ३, २०७३