शनिबार, बैशाख ८, २०८१

रासायनिक मलको खेल, नहोस् किसानमाथि झेल

काठमाडौं, मंसिर । हरेक बर्ष रासायनिक मलमा कुनै न कुनै किसिमबाट नेपाली किसानहरुले मार खेप्नु परेको छ । कहिले मल अभाव त कहिले मलको चर्को मूल्य तिरेर पनि किसानहरुले दुख सास्ती खेप्दै आईरहेका छन् । जव नेपाली किसानहरुलाई मलको आवश्यकता पर्दछ ठिक त्यसै बेला सिंहदरबार केन्द्रित रहेर मलमाथि खेल खेल्न शुरु हुने गर्दछ ।

krishi 28

यो खेल अहिले होइन बर्षौदेखि खेल्दै आईरहेको खेल हो । मल माथि गिद्देनगर राखेपनि त्यसको मारमा किसानहरु पर्ने गर्दछन् । अन्तर्राष्टिूय स्तरमा मलको मूल्य खस्कंदा पनि नेपालम भने मलको मूल्य कहिल्यै पनि घट्न सकेको छैन । मल आयातका लागि खरिद प्रक्रियामा नै हुने चुहावट एवं कमिशनको खेलमा रासायनिक मल संधै नै पर्ने गरेको छ । अहिले अन्तर्राष्टिूय बजारमा मलको मूल्य आधा घट्दा पनि नेपाली किसानहरुले उही चर्को मूल्यमा रासायनिक मल खरिद गरिरहनु परेको छ ।
कृषिमा उत्पादकत्व बृद्धि गर्नका लागि मल अत्यावश्यक हुने भए पनि किसानहरुले सहज रुपमा मल पाउने अवस्था न हिजो थियो न आज भएको देखिन्छ । किसानलाई मल सहज ढंगले आपूर्ति गछौं भनेर डिङ हांक्ने उच्च अधिकारीहरुले किसानका पक्षमा अझै पनि काम गर्न सकेका छैनन् । जव किसानहरुले सरल मूल्यका मल पाउन सक्दैनन् तव सम्म उत्पादकत्व बृद्धि गर्छु भनेर सिंहदरबार भित्र जति नै चिच्याए पनि उत्पादकत्व बृद्धि हुने देखिदैन ।
अन्तर्राष्टिूय बजारमा मलको मूल्य घट्दा नेपालका किन घट्दैन ? यो प्रश्नको जवाफ
कृषि विकास मन्त्रालयका कुनै पनि अधिकारीले दिंदैनन् । किनकी मल भित्रको खेल किसानले बुझ्नै सक्दैनन् । सिंहदरबार छिर्ने कृषि मन्त्री, कृषि मन्त्रालयका उच्च अधिकारी, कृषि सामग्री कम्पनीका उच्च अधिकारी र मल खरिद गर्ने ठेकेदारको पहुंच भन्दा बाहिर कुनै पनि कुरा बाहिर ल्याउन चाहंदैनन् ।
अहिले रासायनिक मलको मूल्य घट्ने चर्चा चलिरहेको छ । तर कति घट्ने ? घट्नु पर्ने आधारका बारेमा कोही पनि स्पष्ट हुन चाहंदैनन् । कृषि मन्त्री गौरी शंकर चौधरीका अनुसार युरिया मलमा प्रति केजी ४ रुपैयां र डिएपी मलमा प्रति केजी रु २ घटाउने तयारी गरिरहेको छ । अन्तर्राष्टिूय बजारको तुलनामा अहिले घटाउन लागिएको रासायनिक मलको मूल्यले किसानहरुलाई राहत होला त? सरकारले रासायनिक मलमा उपलब्ध गराउंदै आएको अनुदान खै त? रासायनिक मल भित्र चरम खेलहरु भईरहेका छन् । यो खेलभित्र किसानहरुमा माथि झेल हुने काम नहोस् ।

प्रकाशित मिति: आइतवार, मंसिर १२, २०७३