शनिबार, बैशाख ८, २०८१

राजनीतिक दलबाटै रोकियो प्रम कृषि परियोजना कार्यक्रम

प्यूठान,पौष । कृषि क्षेत्रको विकास, कृषि उत्पाकत्व बृद्धि एवं व्यवसायिकरणका लागि भन्दै चालु आर्थिकबर्षबाट लागूभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रधानमन्त्री पुष्पकमल दाहालले पौष ६ गते कैलालीमा औपचारिक रुपमा उद्घाटन गर्दै छन् । pm-projcet
जोन, सुपर जोनका रुपमा बाली विशिष्टिकरण गरी उत्पादन बृद्धि गर्ने भनिएपनि धान बालीको जोनका रुपमा राखिएको प्यूठानमा भने राजनीतिक दलहरुको विरोधका बावजुत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पहिलो गांसमा नै ढुङा लागेको छ ।
प्यूठान जिल्लाका ८ गाविसमा सो परियोजना लागू भएको थियो । कार्यक्रम लागू भएको गाविसमा कार्यक्रम सञ्चालन गर्नका लागि जिल्लामा कार्यालय समेत स्थापना भईसकेको छ । सो परियोजनाका बारेमा स्थानीय राजनीतिक दलहरुलाई जानकारी गराउने उदेश्यले आयोजनाले आजका लागि लागि तय गरिएको कार्यक्रम राजनीतिक दलहरुको अवरोधका कारण स्थगित गरिएको छ ।
धानका लागि जोनका क्षेत्रका रुपमा रहेको प्यूठानका परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भाष्कर पौडेल शुरुमै कार्यक्रम स्थगित गर्नु पर्दा दुख लागेको बताए । साथै उनले प्यूठानमा सञ्चालन हुन लागेको यो परियोजनाको पहिलो गांमा नै ढुङा लागेको जस्तो बताए । प्यूठान लगायतका जिल्लालाई प्रदेश नं ५ बाट नटुक्रयाउन आन्दोलन चलिरहेका बेला यस्ता कार्यक्रममा औचित्य नभएको भन्दै राजनीतिक दलका प्रतिनिधीहरुले कार्यक्रम स्थगन गर्न चेतानवी दिएपछि कार्यक्रम रोकिएको बताइएको छ ।
सरकारले अहिले मुलुकलाई संघियता लैजानका लागि सिमांकन हेरफेर गर्ने विषयमा विवाद चुलिंदै गएको छ भने प्रदेश नं ५ टुक्राउने विषमा ठूलो विवाद देखिएकाले ती क्षेत्रमा आन्दोलन चलिरहेका छन् । प्यूठानमा जस्तै ५ प्रदेशका अन्य जिल्लामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यक्रम स्थगन गर्नु पर्ने अवस्थाको श्रृजना भईरहेको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस ५, २०७३