बिहिबार, चैत्र १५, २०८०

यो वर्षको धान दिवस आषाढ १५ गते बर्दियाको राजापुरमा मनाईने

काठमाडौं, असार । १५ बर्ष अगाडिबाट शुरु भएको राष्ट्रिय धान दिवस यो वर्ष बर्दियाको राजापुर नगरपालका वडा नं. ८ स्थित धोविनीपुरमा मनाइने भएको छ ।
सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७६ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मलेन गरी १६ राष्ट्रिय धान दिवस बर्दियामा मनाउन लागिएको जनाएको छ ।
‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनिकरण ’ मूल नाराका साथ आगामी आषाढ १५ गते राष्ट्रिय कार्यक्रमका रुपमा राजापुरमा र अन्य कार्यक्रम विभिन्न तह र स्थानमा मनाइन लागिएका रोपाइँ मूल महोत्सव समितिले जनाएको छ ।
नेपालको प्रमुख बालीमा रुपमा धान रहेको छ । धान खेती नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३ हजार ५० मिटरको उचाइँसम्म हँदै आएको छ । नेपालको मनाङ्ग र मुस्ताङ्ग बाहेकका सवै जिल्लामा धान खेती हुँदै आएको कृषि विभागले जनाएको छ । विभागका अनुसार नेपालमा मौसमको आधारमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान, र बोरो धान(हिउँदे) को रुपमा धान खेती हुँदै आएको छ ।
धानको उत्पादन एवं उत्पादकत्व बृद्धि गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जोन तथा सुपर जोन स्थापना गरिएको भएपनि उत्पादन बृद्धि हुन नसक्दा अझै पनि नेपालले बार्षिक २५ अर्व भन्दा बढी रकमको चामल आयात गर्नु परेको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०७६