बिहिबार, बैशाख १३, २०८१

युवा लक्षित विशेष कार्यक्रम सार्वजनिक गरिने

parajuliनेपालगन्ज, १६ चैत । कृषिमन्त्री हरि पराजुलीले सरकारले कृषिमा युवा शक्तिलाई आकर्षित गर्न युवा लक्षित विशेष कार्यक्रम सार्वजनिक गर्न लागेको बताउनु भएको छ । नेकपा (एमाले) द्वारा आयोजित छलफल कार्यक्रममा उहाँले मुलुकभरिका एक हजार २०० युवालाई व्यावसायिक कृषि र पशुपालनका लागि तीन महिनाभित्र आर्थिक सहयोग उपलव्ध गराइने छ भने । उनको भनाइ थियो, “त्यसका लागि मन्त्रालयले आवश्यक कार्यविधि तय गरिसकेको छ, सहयोग सबै अनुदान अन्तर्गत दिइने छ ।”आगामी आर्थिक वर्षमा साना सीमान्तकृत तथा भूमिहीन र सुकुम्वासीलाई कृषक परिचयपत्रका आधारमा सरकारबाट प्राप्त हुने सबै सुविधा दिइने र व्यवसायका लागि जग्गा भाडामा लिन चाहेमा सरकारले भाडा रकम दिने पनि मन्त्री पराजुलीले जानकारी गराए । कृषिजन्य वस्तुको आयातबाट मुलुकको करिब रु ६५ अर्ब बाहिरिएको बताउदै उनले अनावश्यक, अस्वाभाविक सहरीकरण जग्गा प्लटिङले उत्पादनमा कमी आएकाले यसलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गरिने बताएकाछन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, चैत्र १६, २०७०