बिहिबार, चैत्र १५, २०८०

यस वर्षको राष्ट्रपति सर्वोत्कृट कृषक पुरस्कार राजेन्द्र पन्तलाई

काठमाडौ, असार । यस वर्षको सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार पालुङटार नगरपालिका वडा नं. ७ गोरखाका गाईपालन गरिरहेका किसान राजेन्द्रराज पन्तलाई प्रदान गरिएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले पन्तलाई सो पुरस्कार प्रदान गरेका हुन् । त्यसैगरी यस वर्षवर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट भरतपुर महनगरपालिका वडा नं. २३ चितवनमा बाख्रापालन गरिरहेका किसान योगेन्द्र बहादुर खड्का, खजुर गाउँपालिका वडा नं. २ वाँकेका च्याउखेती गरिरहेका कृषक लालबहादुर सुनार, ननुपट्टी गाउँपालिका वडा नं. ९ धनुषाका माछा उत्पादन र प्रजनन् केन्द्र सच्लालन गरिरहेका कृषक बौएलाल मुखिया र टिकापुर नगरपालिका वडा नं. १ कैलाली केरा खेती गरिरहेका कृषक रामबहादुर कुँवरलाई प्रदान गरिएको छ ।
कृषि पेशालाई व्यवसायिक बनाउन सहयोग पु¥याउने उदेश्यले आर्थिक वर्ष २०७१÷७२ देखि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्ने गरिएको छ । हरेक बर्ष असार १५ गते प्रदान गर्ने गरिएको सो पुरस्कार यो वर्षमा भने कृषि मन्त्री चक्रपाणी खनालले धान दिवस मनाउन आफ्नै गृहजिल्ला गएका कारणले असार २० गते प्रदान गरिएको हो ।

प्रकाशित मिति: बुधबार, असार २०, २०७५