बिहिबार, चैत्र १५, २०८०

यस पटक धानको आयात घट्यो

काठमाडौं, असार १५ । यो वर्ष दुई वाली धान खेती विस्तार, आर्थिक समृद्धिको आधार भन्ने नाराका सथा सरकारले आज चौधौं राष्ट्रिय धान दिवस मनाईरहेको छ । सामान्यतया जुन १० मा भित्रने मनसुन र यो वर्ष दुई दिन ढिलो प्रवेश गरेको छ । मनसुन प्रवेश गरेसँगै देशैभरी धान रोपाइँ शुरु भएको थियो । तर स्थानीय तहको चुनावका कारण थोरै भएपनि पनि यो वर्ष रोपाइँ प्रभावित भएको छ ।
कृषि विकास मन्त्रालयका अनुसार यो वर्ष १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा धान बालीको रोपाइँ गर्ने लक्ष्य रहेको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार अघिल्लो वर्ष १५ लाख ५२ हजार हेक्टरमा धान रापाइँ भएको थियो । मनसुनले साथ दियो भने आगामी वर्षभन्दा यसपटक एक लाख ७० हजार मेट्रिकटन भन्दा बढी धान फलाउन योजना मन्त्रालयको रहेको र सोही अनुसार गृह कार्य भईरहेको सापकोटाले जानकारी दिए ।
नेपालमा कूल खेती हुने क्षेत्रफल मध्ये ५०.२ प्रतिशत जग्गामा धानको खेती हुन्छ यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशतर उच्च पहाडमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती भईरहेको छ ।

प्रकाशित मिति: बिहिबार, असार १५, २०७४