शुक्रबार, बैशाख ७, २०८१

मौरी पालनका लागि आधुनिक

पाल्पा मंसिर २९ । कफीको लागि कुनै बेला चर्चामा रहँदै आएको पाल्पा यतिखेर पनि चर्चामा नै छ । यद्यपी कफी मात्र होइन व्यवसायिक रुपमा मौरी पालन गर्ने किसानका कारण पाल्पालाई महको जिल्लाका रुपमा चिनाउन पाल्पा जिल्लाका मौरीपालन किसानले अहिले आधुनिक पद्धतिबाट मौरीपालन व्यवसाय गर्न थालेका छन् । bee hive
परम्परागत शैलीमा मौरीपालन व्यवसाय अङ्गालेका मौरीपालन किसानले आधुनिक पद्धतिबाट मौरी पाल्दा मह बढी निकाल्न सकिने र मौरी बढी सुरक्षित हुने भएकाले आधुनिक तरिकाबाट निर्मित मौरीका घरको प्रयोग गर्न थालेका हुन् । तीन हजार ५०० आधुनिक मौरीका घारमा मौरीपालन व्यवसाय जिल्लामा सञ्चालित छ । जिल्लाका अधिकांश भागमा छ हजार ५०० बराबरमा परम्परागत शैलीमा मौरी किसानले पालेका छन् । अहिले झन्डै २०० को हाराहारीमा आधुनिक पद्धतिका मौरीका घरको माग भएको जिल्ला कृषि विकास कार्यालयले बताएको छ ।
आधुनिक मौरीका घारमा मौरीपालन गरेका कारण जिल्लामा ३१ मेटिूक टन मौरीको मह उत्पादन भएको र जिल्ला बाहिरसमेत निकासी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर ३०, २०७०