बिहिबार, बैशाख १३, २०८१

मैदा उद्योग संघमा चौधरी

काठमाडौं, चैत्त १० ।  नेपाल मैदा उद्योग संघको  साधारणसभा आइतबार सम्पन्न भयो। सभाले आगामी दुई वर्षको लागि बसन्तकुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्ष जगदीश अग्रवाल, प्रथम उपाध्यक्ष माधवलाल श्रेष्ठ, द्वितिय उपाध्यक्ष रतनलाल केडिया, तृतीय उपाध्यक्ष दिनेशकुमार अग्रवाल, महासचिव रमेश राजकर्णिकार, सचिव राजेन्द्र वझा र कोषाध्यक्ष मनिषकुमार अग्रवाल हुनुहुन्छ। साधारणसभाले, मैदामा मूल्य अभिवृद्धि कर लगाइएका कारण मैदा उद्योगहरू समस्यामा परेका हुँदा  मैदा उद्योगलाई राहत दिनुपर्ने,भारतबाट आयातित मैदाको भन्सार मूल्यांकन बढाई विदेशबाट आयातित मैदालाई पूर्ण रोक लगाई स्वदेशी उद्योगलाई प्रोत्साहन दिनुपर्ने, कृषिमा आधारित उद्योग भएकाले सहुलियत दिनुपर्नेलगायतका माग सरकार समक्ष राख्ने निर्णय गरेको छ।-समाचारपत्र

प्रकाशित मिति: सोमवार, चैत्र १०, २०७०