बिहिबार, बैशाख १३, २०८१

मूल्य नपाउँदा किसान चिन्तित

उदयपुर, २८ मंसिर । यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् । ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएको रौता आँपटारका डिल्लीमान राईको गुनासो छ ।
“उत्पादनमा वृद्धि भएपनि मूल्य पाउन सकेको छैन,” उनले भने । स्थानीय बजारमा अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ५० देखि रु ७० रहेको छ । मूल्य दिनानुदिन घट्दै गएको छ । अहिले बाहिरबाट आयातीत सुन्तला सस्तो भएका कारण आफूहरूले उत्पादन गरेको सुन्तला रु ४० प्रतिकिलोका दरले बिक्री गर्नुपरेको ताप्ली गाउँपालिका–७ ओख्लेका कृष्णबहादुर ठकुरी बताए ।

प्रकाशित मिति: बिहिबार, मंसिर २८, २०७४