बिहिबार, बैशाख १३, २०८१

मासु, दुध र अण्डामा आत्भनिर्भर जिल्ला घोषण हुदै

बुटवल, भाद्र । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले ३ बर्षे रणनीतिक योजना तयारी गरी जिल्लालाई मासु, दुध र अण्डा उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने अभियानमा लागेको छ । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका पशु चिकित्सक डा. प्रदिप शर्मा पौडेलका अनुसार ३ बर्षे रणनीतिक योजना अनुसार तिन बस्तुमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने योजना रहेको अगाडी बढाइएको छ । गत बर्ष बाट सुरु भएको यो योजना पुरा हुन अवको करिव १ बर्ष लाग्ने छ । जिल्लामा अहिले पुशको नस्ल सुधार कार्यक्रम जारी रहेको छ । यस्तै घाँसमा आत्मनिर्भर बनाउनको लागि फोरेज मिसन कार्यक्रम पनि जिल्लामा जारी रहेको छ । रुपन्देहीमा १ लाख ३ हजार गाई रहेको जिल्ला पशु सेवा कार्यालयको तथ्यांक छ । जसमा सबैभन्दा बढि बणशंकर जातका गाई किसानहरुले पाल्दै आएका छन् । केही समय पहिला ३६ हजार ४ सय पशुमा कृत्रिम गार्भाधान गराइएको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले जनाएको छ । पशु चिकित्सक डा. प्रदिप शर्मा पौडेल भन्छन्–‘जिल्लामा सफल भएको योजना मध्ये, यो पहिलो नम्बरमा आउँछ ।’
पशुमा नस्ल सुधारको कार्यक्रम लागू भएपछि दुधको उत्पादन बढ्दै गएको छ । जसको कारण रुपन्देही जिल्ला दुधमा आत्मनिर्भर बनेको छ ।यद्यपीयसलाई घोषण गर्न बाँकी रहेको छ । अहिले दुधमा आत्मनिर्भर बनेको रुपन्देहीलाई निकट भविश्यमा दुध संगै, मासु र अण्डामा समेत आत्भर्निर जिल्ला को रुपमा घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । रुपन्देही जिल्लामा १ लाख ३९ हजार भैसी किसानहरुले पाल्दै आएका छन् भने २ लाख ४६ हजार बख्रा पाल्दै आएको पशु सेवा कार्यालयको तथ्यांक छ । साना, मझौला र ठुला गरी तिन प्रकृतिका पशु फर्म जिल्लामा रहेका छन् ।
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. गान्धीराज उपाध्यायका अनुसार रुपन्देहीमा ४ सय ३४ वटा गाईफर्म रहेका छन् । त्यस्तै २ सय ५४ वटा भैसी फर्म, १ सय ७ वटा बंगुर फर्म , बाख्रा फर्म ९७ वटा, ६ सय १४ वटा पोल्ट्री फर्म र ९ वटा ह्याचरी दर्ता भै सञ्चालनमा आएका छन् ।अष्ट्रिच र ईमु फर्म ४ वटा, लेयर्स फर्म ५ वटा, दर्ता भै सञ्चालनमा आएका छन् ।
यस्तै ७ वटा डेरी उद्योग, ६० वटा दुग्ध उत्पादक कृषि सहकारी संस्था रुपन्देहीमा रहेका छन् । जिल्लामा बार्षिक १ लाख ३७ हजार १ सय ३ मेट्रिक टन दुध उत्पादन हुदै आएको छ भने २५ हजार ९ सय १३ मेट्रिक टन मासु उत्पादन हुदै आएको छ । प्रत्येक मानिसलाई बार्षिक ९१ लिटर दुध आवश्यक पर्नेमा जिल्लाको उत्पादनले अहिले १ सय ४८ लिटर सम्म पुग्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । मासु जिल्लामा २५ हजार ९ सय १३ मेट्रिक टन उत्पादन हुदै आएको छ । जिल्लामा ४० वटा कृतिम गर्भाधान केन्द्र र ५६ वटा कृत्रिम गर्भाधान सेन्टर रहेका छन् । जिल्लामा उत्पादन भएको कुखुरा, बंगुर, भैसी, गाई अन्य जिल्लामा निर्यात हुने गरेको छ । कृष्ण खनाल

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३