शुक्रबार, बैशाख ७, २०८१

मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र

धुलिखेल, २० माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक रु १५ लाखको हाराहारीमा कारोबार गरिरेहको छन् ।
विसं २०२७ मा साविकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको उक्त केन्द्रले सो स्थान र आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेका छन् ।
भिमखोरीको कातारचे, केराबारी, पौवा, सोरे, छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका ठाउँबाट संकलन भएको दूध विभिन्न सहकारी संस्थाबाट गरी दैनिकरुपमा ७०० देखि ७५० लिटरसम्म जम्मा हुने गरेको केन्द्रका प्रमुख अबोधकुमार झाले बताए ।
यहाँ संकलन गरेका दूधबाट चिज, मखन, पनिरलगायतका उत्पादित वस्तु काठमाडौँस्थित केन्द्रीय कार्यालय लौनचौरमा लगेर बिक्री गर्दै आएको झाले बताए । “हामीले यहाँ उत्पादन भएका दुग्धजन्य पदार्थ भकुण्डेमा लगेर कटिङ हुन्छ, त्यसपछि सिधै काठमाडौँको लैनचौरमा लगेर बिक्री हुन्छ,” उनले बताए ।
जुगेपानीमा रहेको चिज उत्पादन केन्द्रमा दैनिक पनिर ११० देखि १२०

प्रकाशित मिति: शनिबार, माघ २०, २०७४