बिहिबार, चैत्र १५, २०८०

मान्छे जाँच्ने डाक्टरले पशु जाँच्ने डाक्टर कुटे !

काठमाडौं, साउन । त्रिपुरेश्वरमा रहेको केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख डा बलराम थापामाथि आक्रमण भएको छ । पशु अस्पतालमा पशु उपचारका गरिरहेकै बेला डा थापामाथि साउन २३ गते ११ः ४० बजे आक्रमण भएको हो ।
पशु चिकित्सक थापा माथि आक्रमण गर्ने भक्तपुर गठ्ठाघर बस्ने चिराग सुवेदी र बलराम आचार्यलाई कालीमाटी प्रहरी बृत्तमा राखिएको छ । आक्रमणकारी चिराग सुवेदी गंगालाल अस्पतालका चिकित्सक हुन् । उनले केही समय अगाडि मात्र गंगालाल अस्पताल छाडेका थिए ।
पशु चिकित्सक बलराम थापामाथि सेवा प्रवाह कै क्रममा भएको सांघातिक आक्रमणको विरोधमा सरोकारवाला संस्थाहरुले विज्ञप्ति मार्फत विरोध गरेका छन् ।
पशु चिकित्सक थापामाथि भएको आक्रमणको विरुद्धमा  जसरी बोल्नु पर्ने हो र पेशागत सुरक्षाको कुरा गर्नु पर्ने हो त्यो गर्न सकेको छैन ।
मान्छेको उपचार गर्ने चिकित्सक यदि आफ्नो कार्यक्षेत्रमा कुटिएको भए सायद मुलुकभरका अस्पतालहरु बन्द हुन्थे । सरकारको ध्यानाकर्षण गराउँदै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गर्थे । इर्मजेन्सी बाहेक बहिरंग सेवा ठप्प हुन्थे । तर पशु चिकित्सक कार्यस्थलमा नै कुटिँदा पनि ‘कठै’ भन्ने व्यक्ति समेत पाएका छैनन ।-शिव पाण्डे

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६