बुधबार, बैशाख ५, २०८१

माछामा कुनै रोगहरू देखा परेको छैन – रामप्रसाद पन्त, प्रमुख केन्द्रिय मत्स्य प्रयोगशाला

pant-1माछा पालन गरिरहेका किसानहरु कस्ता रँेगहरुको आशंकामा प्रयोगशालामा आउने गरेका छन् ?
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अहिलेसम्म माछामा त्यस्तो खालको संक्रमण देखा परेको छैन । तर उपत्यकाको कुरा गर्ने होभने माहुर माछा बढी पाल्ने भएका कारण कत्लाहरु खुईलिने खालका रोगहरु बढी लाग्ने गरेको पाईन्छ । त्यस्तै तराई जिल्लाहरुमा केही परजिवीहरु र कत्ला खुईलिने (ईयुएस) भन्ने रोगहरु बढी लागेको पाइएको छ । माछामा अन्य रोगहरु देखिएको छैन ।
कृषिका अन्य उत्पादनहरुमा रोगहरु धेरै देखिएको छ माछामा छूदैछैन त ?
माछा पालन गरिरहुन भएका किसानहरु माछामा रोग लागेको हो कि भन्ने आशंका गर्नु हुन्छ हामी पनि फार्मसम्म पुग्ने गरेका छौं । समस्या कहा“ हो भने माछा उपचारका लागि प्रविधिसहितको प्रयोगशाला छैन । जनशक्ति पनि छैन भने ल्यावका लागि आवश्यक मेशिनरी सामानहरु पनि नभएकोले हामीले अन्तर्राष्ट्रिय स्तरको लेवल २ सम्मको काम भने गरेका छौं । जुन लेवलमा परजीवि र व्याक्टेरियासम्मको काम हाम्रो प्रयोगशालाबाट हुने गरेको छ । भाईरसको समस्या के छ भन्ने कुरा हेर्नका लागि हामीसूग साधनहरु तयार भईसकेका छैनन् । अन्य वाली वा पशुहरुमा जस्तो किसानहरु कमै आउने गरेका कारण पनि अन्य रोगहरु वा संक्रमणहरु माछामा छैनन् भन्ने कुरा बुझ्न सकिन्छ ।
पछिल्लो समयमा व्यवसायिक माछा पालन गर्नेहरुले माछामा दाना प्रयोग गर्न थालेका कारण माछाका लागि गुणस्तरहिन दाना प्रयोग भएकाले पनि रोगहरु भेटिन थालेका छन् भन्ने पनि सुनिन्छ नि त सत्य हो ?
त्यो केही हदसम्म सत्य हुन सक्छ । माछाको दानाका लागि भनेर उद्योगहरु नै कम स्थापना भएका छन् । उपत्यका लागि ट्राउट माछाका लागि दाना उद्योग सञ्चालनमा आएको छ । त्यो दाना उद्योगको गुणस्तरलाई ध्यान दिने उदेश्यले हामीले निगरानी गरिरहेका छौं र हरेक चौमासिकमा उसले कस्तो दाना उत्पादन गरिरहेका छ  । मापदण्ड अनुरुप उत्पादन भएको छ कि छ्रैन भन्ने कुरा ल्याव परिक्षण गर्दै पनि आईरहेका छौं । त्यसको आधारमा गुणस्तरहीन दाना उत्पादन गरेकाहरु सचेत गराउने कार्वाही गर्नेसम्म गर्दछौं ।
किसानहरु आफैले उत्पादन गर्ने पनि त होला नि ?
ठिक हो माछा पालन गर्ने किसानहरुले आफैले पनि दाना उत्पादन गर्ने गर्दछन् तर चिस्यानका कारण र भण्डारणको अभावका कारण पनि समस्या त आउ“छ तर उद्योगहरुका रुपमा तीन चारवटाहरु मात्र छन् । तर किसानहरुले माछालाई पोसिलो दाना नखुवाएको कारण माछा जुन किसिमले उत्पादन हुनु पर्ने हो त्यो नभएको समस्या भने देखिन्छ ।
कस्ता समस्या बढी देखिन्छ  त माछामा ?
कुनै कुनै अवस्थामा ढुसी रोगहरु माछामा आउने गरेका छन् । त्यसलाई सामान्य उपचारबाट नै ठिक गर्न सकिन्छ । तर धेरै जसो भने नेपालमा स्थानीय रुपमा तयार गरिएका माछाहरु भौ, भाकुरा, भुरा,जुङ्गे माछा, माहुर जस्ता माछाहरुमा भने यूएसई रोगहरुले बढी आक्रमण गर्ने हुनाले यीनै जातका माछाहरुलाई धेरै जसो सताईरहेको देखिन्छ ।
व्यवसायिक रुपमा माछा पालन गर्ने आम किसानलाई सुरक्षित माछा पालनका लागि के भन्नु हुन्छ त ?
माछा पालन गरिरहनु भएका माछा पालन व्यवसाय गर्न खोजिरहनु भएका किसानहरुलाई के भन्न चाहन्छु भने माछा पालनको इतिहासमा ५०÷५१ सालतिर माछामा महामारी आएको थियो युएसई भन्ने रोग । त्यसपछि कुनै पनि त्यस्तो रोगहरु देखा परेको छैन । म  के पनि भन्छु भने माछामा त्यस्तो कुनै पनि रोगको संक्रमण देखिएर ठूलो क्षति हुदैन । बरु किसानहरुले प्रयोग गरेको पानीको गुणस्तर ख्याल गर्ने, पारामिटर मिलाउन सकियो भने माछामा आउने सम्भावनाका ९० प्रतिशत रोगहरु त्यहीबाट अन्त्य हुन्छ । त्यही भएर पनि माछा व्यवसाय गर्दै हुनुहुन्छ भने ढुक्क भएर माछा पालन गर्दा हुन्छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७०