मङ्लबार, बैशाख ११, २०८१

माछापालनमा किसानको आकर्षण बढ्दै

भीमदत्तनगर, ३ फागुन । पछिल्ला वर्षहरूमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ ।
जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताए । उनले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास, भीमदत्तनगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुरलगायत स्थानीय तहमा माछापालन व्यवसाय फष्टाउँदै गएको बताए ।
“पहिले किसान प्राविधिक ज्ञानबिना नै माछापालनमा लागेका थिए,” मत्स्य अधिकृत चन्दले भने, “सरकारको अनुदानका कारण माछापालनमा किसानको आकर्षण बढ्न थालेको छ ।”
जिल्लामा साना र ठूला गरी प्राकृतिक र कृतिम गरी करिब ७०० भन्दा बढी तालमा यहाँ माछापालन गरिँदैआएको छ । कृत्रिमभन्दा पनि ३० बिघासम्मका प्राकृतिक तालमा किसानले समूह बनाएर माछापालन गरिरहेका छन् भने कृत्रिम ताल बनाएर पनि उनीहरू माछापालन गर्दैआएका छन् ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३, २०७४