बिहिबार, बैशाख १३, २०८१

मह उत्पादनमा वृद्धि

दाङ,  पुस । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो ।
महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई तीनपटकसम्म मह काढेको बताए । गत वर्ष अधिकांश कृषकले एकपटक मात्र मह निकालेका थिए । जिल्लामा यस वर्ष करिब ३२० टन मह उत्पादन भएको श्रेष्ठले बताए । गत वर्ष २२० टन मह उत्पादन भएको थियो ।
जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन् । जिल्लामा उत्पादनको करिब २० प्रतिशत मात्र खपत हुन्छ । जिल्लाबाट मह काठमाडौँ, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जलगायत शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताए ।

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४