मङ्लबार, बैशाख ११, २०८१

महाशिवरात्रिको अवसरमा डेढ करोड बराबरको उखु बिक्री

sugarcaneपोखरा, १५ फागुन । महाशिवरात्रिको अवसरमा आज यहाँ डेढ करोड मूल्य बराबरको उखुको बिक्री भएको छ । साँझ धुनी लगाउँदा उखु आगोमा पड्काउने परम्पराअनुरूप यहाँका उपभोक्ताले सो मूल्य बराबरको उखु खरिद बिक्री भएको व्यापारी बताउँछन् । यहाँको शान्ति वनवाटिकास्थित तरकारी बजार, पृथ्वीचोकको हङ्कङ र सस्तो बजार, चिप्लेढुङ्गाको श्री कम्प्लेक्समा उखु खरिद गर्नेको घुइँचो नै लागेको छ । आज यहाँ एउटा उखुको मूल्य न्यूनतम् रु ५० देखि ८० मा बिक्री भइरहेको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १५, २०७०