शुक्रबार, बैशाख ७, २०८१

महबाट डेढ करोड आम्दानी

पाल्पा, २९ । जिल्लामा मह बिक्रीबाट आव २०७२÷७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो । आव २०७१/७२ मा जिल्लामा २७.५ मेट्रिक टन मह उत्पादन भएको थियो । गत आवमा किसानले मौरीको घारमा गोला विभाजन गरेका कारण मह उत्पादनमा कमी आएको यादवको भनाइ छ ।

पछिल्लो समय कार्यालयले मह उत्पादन वृद्धि गर्ने उद्देश्यले मौरी घार अनुदानमा किसानलाई उपलब्ध गराउँदै आएको छ । अनुदान उपलब्ध भएपछि उनीहरु मौरीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला मौरी गोलासहित बिक्री गर्दा अत्यधिक फाइदा हुने देखेपछि किसानले मौरी गोला उत्पादनलाई प्राथमिकमता दिएको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३