बिहिबार, चैत्र १५, २०८०

मन्त्रीपरिषद्द्धारा किसान आयोग गठन

काठमाडौं, माघ । लामो समयदेखि प्रतिक्षामा रहेको किसान आयोग अन्ततः आज बसेको मन्त्रीपरिषद्को वैठकले गठन गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गरी किसानको हकहितको संरक्षण एवं प्रवद्र्धन गर्न तथा कृषि सम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाको साथै कृषि अनुसन्धान र प्रसारलाई किसानमैत्री बनाई किसानहरुको हक हित र अधिकारको रक्षा गर्दै कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उदेश्य सहित राष्ट्रिय किसान आयोग गठन गरिएको हो । ministry-of-agriculture
आयोग गठन भएपनि पदाधिकारीहरुको भने चयन भईसकेको छैन । आयोगमा अध्यक्ष सहित सात सदस्य रहने व्यवस्था गरिएको छ । किसानका पक्षमा काम गर्ने व्यक्ति तथा संगठनहरु किसान आयोग गठन भएपछि खुशी र उत्साहित भएका देखिन्छन् । तर किसान आयोग पनि राजनीतिक भागबण्डामा पर्ने हो कि भन्ने चिन्तामा किसान तथा कृषि विज्ञहरु रहेका छन् ।

प्रकाशित मिति: बिहिबार, माघ ६, २०७३