शुक्रबार, बैशाख ७, २०८१

मन्त्रीकै कारण असफल हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना

काठमाडौं, माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले मन्त्री भएको केही दिन लगतै निकै ताजझाम सहित ५८ बुँदे घोषणा पत्र जारी गरे । तर अहिलेसम्म पनि ५८ बुँदालाई कार्यान्वयन गर्ने तर्फ कुनै ध्यान दिन सकेका छैनन् । गरुन् पनि किन ५८ बुँदे घोषणा पत्र त किसानहरुलाई आश्वासनका पोका मात्र थिए । मन्त्री नियुक्ति भएर आएपछि केही न केही हल्ला गर्नु थियो गरे । कार्यान्वयन त कसले पो गरेका छन् र ? आखिर मन्त्री त परे जनताका लागि आएका हौं भन्ने मात्र हो जनताका लागि सिन्को पनि नभाँच्ने मन्त्री मध्ये चक्रपाणी खनाल पनि एक हुन् । उनले आफ्ना दलगत स्वार्थ बाहेक केही पनि गर्न सकेनन् । आफू मन्त्री भए पश्चात प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा रहेको सुपर जोन थप्ने काम गरे । तयो पनि आफ्नै गृह जिल्लामा । कपिलबस्तुलाई धानको सुपर जोन बनाउनु थियो बनाए ५८ बुँदामा जोन सुपर जोन थप्ने कुरा त उल्लेख गरेका थिएनन् ! तर पनि उनले गरे । कपिलबस्तुलाई सुपर जोन किन घोषणा गरे गर्नु आवश्यक थियो कि थिएन ? मन्त्रीले सुपरजोन थप्ने आधार पनि बताउँदैनन । किनकी त्यो कुरा आवश्यक नै थिएन । मन्त्रालयमा छलफल गरे सचिवलाई सुपरजोन बनाउन निर्देशन दिए सचिव सहसचिव मिले मन्त्रीको आज्ञा पालन गरे,सुपरजाने बनाईदिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण यसैकारण पनि असफलतातिर लम्किरहेको छ । हिजो उदेश्य के थियो र आज मन्त्रीले कस्ता योजनाहरु बनाउन लगाएका छन् । वास्तविक रुपमा भन्ने हो भने प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना असफल हुनुको एउटा प्रमुख कारण यो पनि हो । १० वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीराण परियोजनाले अर्वौ रुपैयाँ सिध्याउँछ तर प्रतिफल शुन्य हुने छ त्यसमा दुईमत कसैको पनि नहोला । अझ अहिले दुई तिहाईको दम्भ रहेको सरकारका कृषि मन्त्रीले किसानका लागि काम गर्छन् भन्ने कुरा त किसानका लागि आकाशको फल आँखा तरी मर नै हुने छ ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५